default_image

6 years ago

May 7, 2019

मोरिस दक्षिण अफ्रिकाको विश्वकप टोलीमा समावेश

44 views

0 Bookmark

एजेन्सी – बलिङ अलराउण्डर क्रिस मोरिसले मे ३० देखी इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि दक्षिण अफ्रिको टोलीमा मौका पाएका छन् ।

क्रिकेट साउथ अफ्रिकाले मंगलबार ट्वीट गर्दै तीव्र गतिका बलर एनरिच नोर्टजे घाईते भएपछि उनको स्थानमा मोरिसलाई मौका दिएको जनाएको छ । यस अघि विश्वकपको लागि १५ सदस्य घोषणा टोलीमा मोरिस अटाएका थिएनन् ।

मोरिसले हाल इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलि रहेका छन् । विश्वकप टोलीमा परेसँगै उनि दक्षिण अफ्रिका फर्किन्छन् वा आईपीएल खेल्छन् भने अनिश्चत छ । मोरिस विश्वकपको लागि दक्षिण अफ्रिका फर्किए आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेलाई फाईदा हुने छ । दिल्लीले प्राय मोरिस खेलेको खेलमा सन्दीपलाई खेलाएको छैन । दिल्लीले एलिमिनिटर खेल बुधबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

मोरिसले दक्षिण अफ्रिकाबाट ३४ वान डे खेलमा ३५ विकेट लिएका छन् भने ३ सय ९३ रन बनाएका छन् । दक्षिण अफ्रिका विश्वकप अघि ठूलो समस्या छ । उसका अन्य तीन तीब्र गतिका बलर कागिसो रबाडा, लुन्गी निडी र डेल स्टेन पनि घाईते छन् । विश्वकप अघि फिट हुन्छन् वा हुँदैनन् भन्ने अफ्रिकालाई ठूलो चिन्ता छ । विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो खेल मे ३० मा इंग्ल्यान्डसँग खेल्दै सुरुवात गर्ने छ ।

विश्वकपको लागि दक्षिण अफ्रिको १५ सदस्य टोली :

फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन

December 12, 2024

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]

December 12, 2024

पोखराविरुद्ध विराटनगरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध मध्यम योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको हो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि स्कट […]

December 12, 2024

अफगानिस्तानमाथि जिम्बाब्वेको रोमाञ्चक जित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]

Success

Thank you for your time.