default_image

7 years ago

May 8, 2019

एलिमिनेटरमा हैदरावाद र दिल्ली भिड्दै,सन्दीपको संभावना न्यून

122 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने छ ।

आजको विजेता टोलीले चेन्नई सुपरकिंग्ससँग फाईनल प्रवेशको लागि शुक्रबार दोस्रो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स फाईनलमा पुगिसकेको छ । आइपिएलको फाइनल आइतबार हुनेछ ।

लिग चरणको खेलमा दिल्ली घरेलु मैदानमा हैदरावादसँग ५ विकेटले पराजित भएको थियो । हैदरवाद पनि घरेलु मैदानमा दिल्लीसँग ३९ रनले पराजित भएको थियो । विशाखापट्नममा सन् २०१६ पछि आइपिएलको खेल हुन लागेको यो पहिलो पटक हो ।

२०१६ अघि विशाखापट्नममा दिल्लीले ३ खेल खेलको छ । जसमा २ मा हार र १ मा जित निकालेको थियो । सो मैदानमा हैदरावादले ५ खेलमध्ये ३ मा जित र २ मा हार बेहोरेको थियो ।


जारी आइपिएलमा दिल्ली १४ खेलमा ९ मा जित र ५ हारका साथ तेस्रो स्थानमा रहँदै एलिमीनेटर खेल्न लागेको हो । हैदरावाद भने १४ खेलमा ६ जितर ८ हारका साथ अन्तिम चारमा रहदै एलिमीनेटरको लागि मौका पाएको थियो ।

आइपिएलमा दिल्लीबाट श्रेयस ऐर,ऋषभ पन्त,शिखर धवन,ईशान्त शर्मा,पृथ्वी शाले राम्रो प्रर्दशन गरि रहेका छन् । मनिष पान्ड्या,केन विलियम्सन,राशिद खान,खलिल अहमिद मुख्य हतियार हुन् ।

सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर अष्टे«लिया र जोनी बेयरस्ट्रो विश्वकपको लागि इंग्ल्यान्ड फर्किएपछि हैदरावाद समस्या छ । त्यस्तै चोटका कारण जारी आइपिएलमा सर्वाधिक विकेट लिने तीब्र गतिका बलर कागिसो रबाडा दक्षिण अफ्रिका फर्किएपछि दिल्लीलाई पनि ठूलो धक्का लागेको छ ।

सन्दीपको न्यून संभावना
विशाखापट्नममा २०१६ पछि पहिलो पटक आइपिएल खेल हुन लागेको छ । यद्यपी अन्तर्राष्ट्रिय खेल भने गत फेब्रुअरीमा अष्टे«लिया र भारतबीच पहिलो टि ट्वान्टी खेल भएको थियो ।

३ विकेटले विजयी भएको उक्त खेलमा अष्टे«लियाले चार तीब्र गतिका बलरलाई मैदान उतारेको थियो । यस अर्थमा यो मैदान तुलानात्मक रुपमा तीब्र गतिका बलरलाई साथ दिनसक्ने अनुमान गर्न सकिन्छ । संभवत आजको खेलमा दिल्लीले एक मात्र प्रमुख स्पिनर मैदान उतार्ने छ ।

लिग चरणको अन्तिम राजस्थान रोयल्ससँगकोे खेलमा ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका अमित मिश्रानै आज दिल्लीको पहिलो रोजाईमा पर्ने उच्च संभावना देखिन्छ । मिश्रा उक्त खेलमा म्यान अफ द म्याच समेत चुनिएका थिए । उक्त खेलमा किमो पल र शेरफेन रदरफोर्डको प्रर्दशन पनि उत्कृष्ट रह्यो ।

यी दुबैले तल्लो क्रममा राम्रो ब्याटिङ पनि गर्ने हुँदा सन्दीपको संभावना झनै कम छ। तीब्र गतिका बलर उपयोगि हुने हुँदा क्रिस मोरिसको पनि संभावना देखिन्छ । रवडा चोटका कारण स्वदेश फर्किएपछि टे«न्ट बोल्टको स्थान निश्चित जस्तै छ । त्यस्तै मिडिल अडर बलियो बनाउन दिल्ली कोलन इनग्रामलाई निरन्तरता दिने छ ।

दिल्लीले सन्दीपलाई फिरोज शाह कोटला बाहेक अन्य मैदानमा त्यति धेरै विश्वास पनि गर्न सकेको छैन । ६ खेल मध्य ४ खेल सन्दीपले कोटलामा खेलेका छन् । जारी आईपीएलमा सन्दीपले ८ विकेट लिन सफल भएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.