default_image

5 years ago

May 12, 2019

एम्ब्रीसको १४८ मा वेस्ट इन्डिजको जित

एजेन्सी – त्रिकोणीय सीरीज अन्तर्गत आयरल्यान्डसँगको खेलमा वेस्ट इन्डिजले शनिवार राती कीर्तिमानी जित हात पारेको छ । वेस्ट इन्डिजले आयारल्यान्डलाई ५ विकेटले पराजित गर्याे । ३ सय २८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गरेपछि नयाँ कीर्तिमान कायम भएको हो । वेस्ट इन्डिजले ओडीआईमा पछ्याएको यो लक्ष्य […]

27 views

0 Bookmark

एजेन्सी – त्रिकोणीय सीरीज अन्तर्गत आयरल्यान्डसँगको खेलमा वेस्ट इन्डिजले शनिवार राती कीर्तिमानी जित हात पारेको छ । वेस्ट इन्डिजले आयारल्यान्डलाई ५ विकेटले पराजित गर्याे । ३ सय २८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गरेपछि नयाँ कीर्तिमान कायम भएको हो ।

वेस्ट इन्डिजले ओडीआईमा पछ्याएको यो लक्ष्य अहिले सम्मकै उच्च हो । विशाल लक्ष्य सहज रुपमा हात पार्न उसका लागि ओपनर सुनील एम्ब्रिसले सानदार शतक प्रहार गरे । आयारल्यान्डका बलरलाई निरन्तर दवावमा राखेका एम्ब्रिसले १ सय २६ बलको सामना गरि १९ चौका र १ छक्का सहित १ सय ४८ रनको महत्वपूर्ण योगदान दिए ।

वेस्ट इन्डिजका अन्य साई होप ३०, रोस्टन चेज ४६, जेसन होल्डर ३६, डरेन ब्राभो १७ र जोनाथन कार्टरले ४३ रन बटुले । आयरल्यान्डका बोयड रनकिनले ३,पल स्टरर्लिङ र जोशुआ लिटिलले समान १ विकेट लिए ।

त्यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली आयरल्यान्डले निर्धारित ५० ओरभरमा ५ विकेट गुमाउँदै ३ सय २७ रन बनाएको थियो । उसका लागि एंड्रयू बलबिरनीले १ सय ३५ रनको उत्कृष्ट शतकीय पाली खेले पनि आयरल्यान्डको जित संभव भएन । उनले १ सय २४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै पल स्टरर्लिङले ९८ बलमा ८ चौका र २ छक्का सहित ७७,केभिन ओब्राभएनले ४० बलमा समान ३ छक्का र चौका सहित ६३,मार्क आदिरले २५ रनको योगदान दिए । वेस्ट इन्डिजका शैनन गेब्रियलले २,होल्डर,शेल्डन कटरेल र कार्टरले समान १ विकेट हात पारे । आयरल्यान्ड,बंगलादेश र वेस्ट इन्डिजबीच त्रिकोणात्मक सिरिज भई रहको छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.