7 years ago
May 12, 2019
एजेन्सी – १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि छिनो फानो आज हुँदै छ । फाईनल खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ७ : ४५ देखी हैदरावादको राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ । दुबै टोली चौथो पटक आईपीएलको उपाधि जित्ने दाउँमा छन् । यस सिजनको तीनै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको छ । समुह चरणको खेलमा मुम्बईले चेन्नईलाई ४६ र ३७ रनले पराजित गरेको थियो । त्यस्तै क्वालिफायरमा मुम्बईले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।
चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पुन मुम्बईसँगको भेट पक्का गर्यो । मुम्बई यस अघिको नतिजालाई निरन्तरता दिने दाउँमा छ भने चेन्नई यस अघिको हारको बदला लिन चाहान्छ ।
चेन्नईले सन् २०१० मा मुम्बईलाई फाईनलमा २२ रनले हराउँदै उपाधि जितेको थियो । त्यस्तै २०११ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५८ रनले हराउँदै उपाधी लगातार दोस्रो पटक कब्जा गर्यो । चेन्नईले गत वर्ष हैदरवादलाई ८ विकेटले हराउँदै उपाधि जित्न सफल भयो । सन् २०१३ मा मुम्बईले चेन्नईलाई २३ रनले हराउँदै पहिलो उपाधि जित्न सफल भएको थियो । सन् २०१५ मा पनि चेन्नईलाईनै ४१ रनले हराउँदै मुम्बईले दोस्रो पटक उपाधि जित्यो । सन् २०१७ मा राइजिंङ पुणे सुपर जाइन्टसमाथि १ रनको रोमान्चक जित पक्का गरेको थियो ।
महेन्द्रसिंह धोनी,फाफ डु प्लेसिस,हरभजन सिंह,रविन्द्र जडेजा,इमरान ताहिर,सुरेश रैना,ड्वेन ब्राभो,शेन वाटशन,दिपक चाहरको प्रर्दशन चेन्नईको लागि आज निकै महत्वपूर्ण हुने छ । यी खेलाडीनै चेन्नईका मुख्य हतियार हुन् ।
हार्दिक पान्ड्या,रोहित शर्मा,क्विन्टन डी कक,जसप्रित बुमराह,राहुल चाहर,काइरन पोलार्ड,लाथिस मलिङ्गा,सुर्य कुमारयादव लगातका खेलाडीमा मुम्बई निभर रहने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]