default_image

7 years ago

May 12, 2019

स्वदेश फर्किए सन्दीप , प्रधानमन्त्री कप नखेल्ने !

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेलेर आइतबार स्वदेश फर्केपछि सन्दीपले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् ।

आइपिएल खेलेर आइतबार स्वदेश फर्कने क्रममा सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ १ गते देखि ७ प्रदेश र ३ विभागिय टोलीको सहभागितामा प्रधानमन्त्री कप हुने बताइएको छ । खराब मौसमका कारण पूर्वनिर्धारित समय भन्दा झन्डै ३ घन्टा ढिला गरि साँझ ५ः१५ बजे मात्र सन्दीप त्रिभुवन विमानस्थलमा ओर्लेका थिए ।

सन्दीपले परिवारलाई समय दिन र आरामका लागि प्रधानमन्त्री कपमा प्रतिस्पर्धा नगर्ने बताएका हुने । ‘केहि समय आराम गर्छु,’ उनले भने,‘ यो समय परिवार र साथी भाईसँग बिताउन चाहन्छु । त्यसैले पिएम कप खेल्दिन ।’

लगातार विभिन्न देशका लिग खेलिरहेका कारण सन्दीप धेरै समय देश बाहिर रहँदै आएका छन् । आइपिएलमा शुक्रबार उनको टोली दोस्रो क्वालिफायरबाट चेन्नईसँग छ विकेट पराजित हुँदै बाहिरिएको थियो । त्यो खेलमा पनि सन्दीपले मौका पाएका थिएनन् ।

टोलीलाई ब्याटिङको आवश्यकता परेकोले आफुले धेरै खेलमा मौका नपाएको पनि प्रष्ट पारेका छन् । सन्दीपले आइपिएलका ६ खेलमा ८ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.