default_image

5 years ago

May 12, 2019

‘त्यस्तो डर अहिले सम्म लागेको थिएन’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने आइतबार निर्धारित समयमा भन्दा झन्डै ३ घन्टा ढिला गरि त्रिभुवन विमानस्थलमा उत्रेका थिए । दिउँसो २ः३५ बजे मा विमानस्थलमा उत्रनु पर्ने भएपनि जहाज साँझ ५ः१५ बजे मात्र ल्यान्ड भएको थियो । मुस्कानसहित विमानस्थलबाट बाहिर निस्केका सन्दीपले सञ्चारकर्मीसँग माफी माग्दै ढिला हुनुको कारण पनि बताए । […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने आइतबार निर्धारित समयमा भन्दा झन्डै ३ घन्टा ढिला गरि त्रिभुवन विमानस्थलमा उत्रेका थिए । दिउँसो २ः३५ बजे मा विमानस्थलमा उत्रनु पर्ने भएपनि जहाज साँझ ५ः१५ बजे मात्र ल्यान्ड भएको थियो ।

मुस्कानसहित विमानस्थलबाट बाहिर निस्केका सन्दीपले सञ्चारकर्मीसँग माफी माग्दै ढिला हुनुको कारण पनि बताए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिट्ल्सबाट खेलेर फर्केका सन्दीपले भने,‘ खराब मौसमका कारण जाहाज ल्यान्ड हुन सकेन । त्यसपछि लामो समय आकाशमै होल्डमा बस्यो । मलाई पनि एकदमै डर लाग्यो । आज सम्म यस्तो भएको थिइन । आउने दिनमा यस्तो नहोस् भन्ने मनमनै कामना गरे ।’

दिल्लीमा ब्याट्सम्यानको आवश्यकता भएकोले आफुले यो सिजन कम मौका पाएको नेपाली स्पीनर सन्दीप लामिछाने बताएका छन् । ‘म भन्दा राम्रा खेलाडीले पनि एक दुई वटा खेलमा मात्र मौका पाए ,’ उनले भने,’ उनले भने,‘ टोलीको आवश्यकता ब्याट्सम्यानको थियो। टोलीको रणनीति मेरो स्थानमा आएका खेलाडीले दुई खेल खराब प्रर्दशन गरे मैले मौका पाउने अवस्था थियो । पिचको अवस्था हेरेर खेलाडीलाई अवसर दिइन्थ्यो ।’

सन्दीपले खेलाडीलाई प्रशिक्षकलाई मैदानको बारेमा बढी थाहा हुने भएकाले टोली त्यहि अनुरुप तयार हुने उनले बताए । अस्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान रिकी पोटिङ दिल्लीको मुख्य र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली सहायक प्रशिक्षक रहेका थिए ।

सन्दीपले सोचु अनुरुप आफ्नो प्रदर्शन हुन नसकेपछि समग्रमा भने सन्तोषजनक रहेको बताए । ‘ गत वर्ष भन्दा मैले यो पटक खेल्ने धेरै मौका पाए । सिक्ने कुरा कहिल्यै सकिन्न । निरन्तर सिक्दै जाने हो,’ उनले भने,‘ राम्रो त भएको होइन । तर समग्रमा ठिकै हो ।’

गत वर्ष दिल्ली लिग चरणबाटै बाहिरिएपछि मात्र सन्दीपले खेल्ने मौका पाएका थिए । उनले त्यति बेला तीन खेलमा ५ विकेट लिएका थिए । यो सिजनमा भने दिल्लीले सन्दीपलाई लिग चरणका ६ खेलमा मौका दिएको थियो । जसमा उनले ८ विकेट लिए ।

प्रतियोगिताको दौरानमा भारतीय महान् क्रिकेटर सचिन तेन्दुल्करसँग भेट्दा खुसि लागेको बताए । सचिनलाई पनि नेपाली क्रिकेटको बारेमा थोरै जानकारी रहेको आफुले महासुस गरेको सन्दीपले सुनाए । यसपटक आइलिगमा मे १ मा चेन्नईसँगको खेलमा टसको समयमा प्लेइङमा परेको र पछि मैदानमा तपाईको स्थानमा क्रिस मोरिसलाई किन उत्रारिएको भन्ने प्रश्नको जवाफमा उनले भने,‘ म पहिला नै प्लेइङमा थिइन ।’

उनले अब केहि समय आराम गर्ने र परिवारलाई समय दिने बताएका छन् । अर्को महिना हुने प्रधानमन्त्री कपमा भाग नलिने जानकारी दिदै उनले भने,‘ केहि समय आराम गर्छु । परिवार र साथीभाईसँग समय बिताउछु । पिएम कप खेल्दिन ।’

सन्दीपलाई स्वागत गर्न क्राउन प्लाजाका सञ्चालक प्रकाश श्रेष्ठ,नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटी विमानस्थल पुगेको थिए ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.