default_image

7 years ago

May 12, 2019

चेन्नईलाई १ रनले हराउँदै मुम्बई च्याम्पियन!

177 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिए । दोस्रो बलमा पनि जडेजाले १ रन लिए । तेस्रो बलमा वाटशनले २ रन बटुले । वाटशनले चौथो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।

ओपनर वाटशनले सानदार पाली खेलेपनि जितको लागि पर्याप्त भएन । उनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन आउट भए । वाटशनले १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो ।

चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । लगतै ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नई संकटमा परेको थियो । चेन्नई जुन समय ८२-४ को कमजोर अवस्थामा पुगेको थियो ।

१६ औं ओभरमा लाथिस मलिङ्गालाई १ छक्का र शेन वाटशनले ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नई पुन खेलमा फर्किएको थियो । ड्वेन ब्राभो १५ रनमा आउट भए । मुम्बईका जसप्रित बुमराहले २, क्रुनाल पान्ड्या, राहुल चाहर र लाथिस मलिङ्गाले समान १ विकेट हात पारे ।

त्यस अघि राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

मुम्बईले राम्रो सुरुवात गरेको थियो । पाँचौ ओभरको पाँचौ बलमा सार्दुल ठाकुरले क्विन्टन डि ककलाई विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट गराउँदा मुम्बईले ४५ रन जोडी सकेको थियो । डी ककले १७ बलमा ४ छक्का सहित २९ बटुले । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मालाई दिपक चाहरले महेन्द्र सिंह धोनीबाट क्याच गराउँदै १५ रनमा पेभिलिएन फर्काएपछि चेन्नई खेलमा फर्किएको थियो । १२ औं ओभरको दोस्रो बलमा इमरान ताहिरले सुर्य कुमार यादवलाई १५ रनमा बोल्ड आउट गरे । १३ ओभरको तेस्रो बलमा ठाकुरले आफै क्याच लिदै कुनाल पान्ड्यालाई ७ रनमा पेभिलिएन फर्काए ।

१५ औं ओभरको चौथो बलमा ताहिरले सुरेश रैनाबाट ईशान किसानलाई २३ रनमा क्याच आउट गराएपछि चेन्नई खेलमा पूर्ण रुपमा हाबी देखिएको थियो । उनले २६ बलमा ३ चौका प्रहार गरे । १९ ओभरको दोस्रो बलमा दिपक चाहरले योर्कर बलमा हार्दिक पान्ड्यालाई १६ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि मुम्बई विशाल योगफलको संभावना सकिएको थियो ।

चेन्नईका लागि दिपक चाहरले घातक बलिङ गरे । उनले ४ ओभमा १ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इमरान ताहिर र सार्दुल ठाकुरको नाममा समान २ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.