7 years ago
May 13, 2019
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । इमरर्जिङ प्लेयर अफ टुनामेन्टको अवार्ड कोलकता नाईट राइडर्सका युवा खेलाडी शुममन गिलले जिते । जुन अवार्डको मनोनयनमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेका थिए ।
हेर्नुहोस कुन खेलाडीले जिते कुन अवार्ड :
१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]