7 years ago
May 13, 2019
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो। १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । त्यस अघि राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।
विजेता मुम्बईले २० करोड भारतीय रुपैंया प्राप्त गर्दा चेन्नईले १२ करोड ५० लाखमा चित्त बुझाउनु पर्यो । कुनै समय चेन्नई सहज जित नजिक पुगेको थियो । तर केहि सानो सानो गल्ती गर्न पुग्दा झिनो हारको प्रमुख कारण बने । चेन्नईले हार्नुका प्रमुख तीन कारण
वाटशनको रन आउट
अन्तिम ओभरको चौथो बलमा वाटशन रन आउट हुनु चेन्नईको हारको प्रमुख कारण मध्य एक हो । ओपनर वाटशनले सुरुवात देखि नै रन जोडीरहेका थिए । क्रिजमा जमेर बसेका वाटशनले सहज रुपमा जिताउने आकलन गरिएको थियो । तर चौथो बलमा वाटशनले दुई रन लिन लिने लोभमा आफ्नो किकेट गुमाए । जुन वाटशनको ठूलो गल्ती थियो ।

चेन्नईका खेलाडीमा सबै भन्दा ठूलो पछुतो पनि सायद वाटशनलाईनै भएको होला । वाटशनले उत्कृष्ट ८० रनको पाली खेले पनि टोलीको हार टार्न सकेनन् । वाटसनसँगै जडेजा ठूला शट प्रहार माहिर थिए । तर वाटशनको रन आउटले चेन्नई हार्न पुग्यो ।
अन्तिम ओभरमा लासिथ मालिङ्गाको जादुमय बलिङ
अन्तिम ओभरमा तीब्र गतिका बलर लाथिस मलिङ्गाले जादुमय बलिङ गरे । जो कमैले विश्वास गरेका थिए । त्यस भन्दा अघि मलिङ्गाले १६ औं ओभरमा २० रन खर्चिएका थिए । तर अन्तिम ओभरमा मलिङ्गाले १ रन आउट सहित २ विकेट लिदै ८ रन खर्चिदै नाटकीय बलिङ गरेपछि मुम्बईको जित पक्का बनेको थियो । लाथिस मलिङ्गाको पहिलो र दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा भने वाटशनले २ रन बटुल सफल भए । वाटशनले चौथो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । पाँचौ बलमा ठाकुरलाई २ रन मात्र दिए । अन्तिम बलमा सार्दुल ठाकुरलाई एलबीडब्लू आउट गर्दै मुम्बईको उपाधि पक्का गरे । जुन साच्चैमा जादुमय थियो ।

धानीको रन आउट
धोनी रन आउट हुनु चेन्नईको लागि दुर्भाग्य रह्यो । १३ औं ओभरको चौथो बलमा दुई रन लिने क्रममा इशान किसानले सिधैं स्टम्प ताकेपछि धोनी रन आउट हुन पुगे । जुन रन आउट विवादमा छ । केहि समर्थकको तर्क धोनी रन आउट थिएनन् । धोनीको रन आउटको निर्णय दिन थर्ड एम्पारलाई पनि केहि समय लागेको थियो । जुन रन आउट धोनी नभएको भए चेन्नईले जित हात पर्दै उपाधि जित्न सक्थ्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]