default_image

7 years ago

May 22, 2019

चार नेपाली खेलाडी सहभागी सीपीएलको ड्राफ्ट आज

178 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार(आज) लन्डनमा आयोजना हुँदैछ । यसपटक ड्राफ्टको सुचिमा चार नेपाली खेलाडी पर्न सफल भएका छन् । गत साता सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपाली सहित कुल २० देश बाट ५ सय ३६ खेलाडी रहेका छन् ।

नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दिपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा रहेका छन् । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ः४५ बजे देखी सुरु हुने बताईएको छ ।

ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडी रहेका छन् ।

यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्टइन्डिजमा चल्नेछ । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप सीपीएलमा छनोट हुने संभावना पक्का जस्तै छ । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । यसपटक उनको पारिश्रमिकमा पनि वृद्धि हुने बलियो सम्भावना छ ।

सीपीएलमा ६ टोली रहेका छन् । दिपेन्द्र, रोहित र सोमपाललाई ड्राफ्ट मार्फत कुनै टोलीले भित्र्याए सीपीएलनै यी तीन खेलाडीको लागि पहिलो विदेशी लिग हुने छ । सन्दीपले पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गरिरहँदा अन्य नेपाली खेलाडीको संभावना पनि बलियो देखिन्छ । सन्दीप बाहेक अन्य तीनै खेलडीले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसको कारण संभावना उच्च देखिन्छ । यसअघि पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा सोमपाल कामीको नाम आएपनि उनलाई कुनै टोलीले समावेश गरेको थिएन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.