default_image

5 years ago

May 24, 2019

अफगानिस्तानले पाकिस्तानलाई हरायो

24 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको छ ।

शुक्रबार राती सम्पन्न वार्मअप खेलमा पाकिस्तानमाथि अफगानिस्तानले रोमान्चक जित हात पारेको हो । अन्तिम ओभरमा जितको लागि ४ रन चाहिएको अवस्थामा चौथो बलमा १ रन लिदै हशमतुल्लाह शाहीदीले जित पक्का गरे ।

२ सय ६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । मध्यक्रमका हशमतुल्लाह शाहीदीले १ सय २ बलमा ७ चौका प्रहार गर्दै ७४ रनमा अविजित रहदै अफगानिस्तानको जित पक्का गरे । ओपनर हज्रतुल्लाह जजाईले २८ बलमा ८ चौका र २ छक्का सहित आक्रमक ४९ रन जोड्दै बलियो सुरुवात दिलाएका थिए ।

त्यस्तै तल्लो क्रममा मोहम्मद नाबीले ४१ बलमा ३ चौका प्रहार गर्दै ३४ रनको योगदान दिए । मोहम्मद शहजाद २३ रनमा रिटायर्ट हर्ट भएका थिए । रामत शाहले ४९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२,समिउल्लाह शिनवारी २२ र अस्गर अफगान ७ रनमा आउट भए । पाकिस्तानका रिवाब रियाजले ३, ईमाद वासिमले २,सादव खान र मोहम्मद हसनले समान १ विकेट हात पारे ।

त्यस अघि ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४७.५ ओभरमा अल आउट हुँदै २ सय ६२ रनमा समेटियो । बाबरले १ सय १२ रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको हार टर्न सकेन । पाकिस्तानको एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट रन जोड्दै बाबरले बलियो योगफलसम्म पुर्याए । ४६ ओभरको पाँचौ बलमा दवालत जद्रानले रामत शाहबाट क्याच गराउनु अघि उनले १ सय ८ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै सोएब मालिकले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४४, ओपनर इमाम उल हक ३२,फकार जमान १९,ह्यारिस सोहेल १,मोहम्मद हफिज १२ रनमा आउट भए । कप्तान शरफराज अहमिद १३,हसन अली ६ र इमाद वासिम १८ रनमा रन आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । राशिद खान र दवालत जद्रनले समान २ विकेट लिए । त्यस्तै हमिद हसन र अफ्तब आलमको नाममा समान १ विकेट रह्यो ।

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

Success

Thank you for your time.