default_image

7 years ago

May 25, 2019

एपीएफविरुद्ध ज्ञानेन्द्रको शतक

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का उपकप्तान ज्ञानेन्द्र मल्ले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सानदार शतक प्रहार गरेका छन् ।

शनिबार एपीएफविरुद्ध लिग चरणको पहिलो खेलमा ज्ञानेन्द्रले शतक प्रहार गरेका हुन् । ४८ औं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै शतक पुरा गरे । मल्लले १ सय २ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रनमा खेलि रहेका छन् ।

२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीनले ४६.५ ओभरमा २ सय २८ रन बनाउन ७ विकेट गुमाएको छ । कप्तान पारस खड्का ४६ रनमा आउट भई सकेका छन् । भुवन कार्कीको २९ ओभरको पाँचौ बलमा ठूलो शट खेल्ने धुनमा सुमित महर्जनबाट क्याच आउट हुनु अघि पारसले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि ओपनर रित गौतम र जितेन्द्र सिंह ठकुरीले ११.५ ओभरमा ४० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । पृथु बास्कोटाले ठकुरीलाई एलवी डब्लू आउट गर्दै १२ रनमा पेभिलिएन फर्काए । १३ ओभरको पाँचौ बलमा रित २७ रनमा रन आउट भए । रन आउट हुनुअघि उनले ५२ बलमा ४ चौका प्रहार गरे । अभिषेक बस्नेत ९,रविन जोशी २,सोनु तामाङ ४ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरीले ३, पृथु बास्कोटा,अभिनाष बोहोरा र भुवन कार्कीले समान १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.