default_image

7 years ago

May 25, 2019

ज्ञानेन्द्रको शतकका बाबजुद प्रदेश ३ पराजित

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ ।

२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ सय १७ रनको शतकीय उत्कृष्ट इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । मल्ले ४७ ओभरको पाँचौ बलमा अभिनास बोहोरालाई चौका हान्दै १ सय २ बलमा शतक प्रहार गरेका थिए ।

मल्लले १ सय ११ बलमा ५ छक्का र ८ चौका प्रहार गरेपनि टोलीको हार्न टार्न सकेनन् । मल्ललाई अन्तिम ओभरको दोस्रो बलमा अभिनास बोहाराले शरद भेषवाकरबाट क्याच आउट गराएका थिए । कप्तान पारस खड्का ४६ रनमा आउट भए । भुवन कार्कीको २९ ओभरको पाँचौ बलमा ठूलो शट खेल्ने धुनमा सुमित महर्जनबाट क्याच आउट हुनु अघि पारसले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि ओपनर रित गौतम र जितेन्द्र सिंह ठकुरीले ११.५ ओभरमा ४० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । पृथु बास्कोटाले ठकुरीलाई एलवी डब्लू आउट गर्दै १२ रनमा पेभिलिएन फर्काए । १३ ओभरको पाँचौ बलमा रित २७ रनमा रन आउट भए । रन आउट हुनुअघि ५२ बलमा ४ चौका प्रहार गरे । अभिषेक बस्नेत ९,रविन जोशी २,सोनु तामाङ ४ र सोनु देवकोटा १५ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अभिनाष बोहोराले २,पृथु बास्कोटा र भुवन कार्कीले समान १ विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । एपीएफलाई बलियो योगफल सम्म पुर्याउन युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेले । कप्तान पारस खड्काको ४० ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा सोनु देवकोटाले रन आउट गराएपछि सुमित शतक बनाउन ६ रनले चुक्न पुगेका हुन् । रन आउट हुनु अघि उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे ।

तल्लोक्रममा अंमर सिंह राउटेलाले १८ बलमा समान २ छक्का र चौका प्रहार गर्दै आक्रमक २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे । पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।

ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका शरदलाई कप्तान पारस खड्काले दोस्रो ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरीबाट क्याच गराउनु अघि उनले ९ बलमा २ चौका प्रहार गरे ।

प्रदेश ३ का नन्दन यादवले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सिंह ठकुरीले ५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिदा पारस खड्का र सुर्य तामाङको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.