default_image

7 years ago

May 25, 2019

प्रदेश क्रिकेट बलियो बनाउने ज्ञानेन्द्र-पारसको लक्ष्य

190 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल शनिबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ को जर्सीमा उत्रिए । राष्ट्रिय टोलीका लगभग सबै खेलाडी विभागीय टोलीबाट खेल्दा पारस र ज्ञानेन्द्रले भने प्रदेशबाट खेल्ने निर्णय गरे । पहिलो खेलमा दुवै खेलाडीको प्रदर्शन राम्रो पनि रहयो ।

पीएम कपमा प्रदेश ३ को टोली

दुवै ज्ञानेन्द्र र पारसले बलिङ र ब्याटिङमा टोलीका लागि प्रभावशाली प्रदर्शन गरे । कप्तान पारसले ब्याटिङतर्फ ४६ रन जोड्दै १ विकेट लिए । ज्ञानेन्द्रले ब्याटिङतर्फ १ सय १७ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीलाई जितसम्म पुर्याउन भने सकेनन् । दुवै खेलाडीले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्दा अन्य खेलाडीको साथ भने अपेक्षित रुपमा पाउन नसक्दा जितसम्म पुग्न असमर्थ रहे ।

प्रदेश ३ मा उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीको बाहुल्यता रहेको छ । बलिङतर्फ नन्दन यादव र सूर्य तामाङ तथा ब्याटिङमा रित गौतम, जितेन्द्रसिंह ठकुरी, अभिषेक बस्नेत र इशान पाण्डे नेपालले निकै आशा गरेका प्रतिभा हुन् । अन्य खेलाडीमा घरेलु क्रिकेटमा आक्रामक ब्याट्सम्यानका छवी बनाएका सोनु तामाङ छन् । रविन जोशी र सोनु देवकोटाले पनि घरेलु क्रिकेटमा खेल्दै आएका छन् । प्रदेश ३ को बेन्चमा युवा आदील खान, प्रतिस जिसी र गौतम केसी छन् । वैकल्पिकमा नाम रहेका दीपक बोहोराले पनि यू-१६ उमेर समूहमा प्रभाव जमाएका छन् ।

एपीएफविरुद्ध नन्दनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे । कप्तम पारस खड्काले खेलपछि नन्दनको बलिङको प्रशंसा पनि गरे । नन्दनले १० ओभरमा २ मेडनसहित ४० रन खर्चेर ३ विकेट हात पारे । ब्याटिङतर्फ ओपनरद्वय रित र जितेन्द्रले केहि सुस्त गतिमा खेलेपनि एपीएफका तीव्र गतिका बलरलाई सुरुवाती समयमा विकेट दिएनन् । १२ औं ओभरमा जितेन्द्र एलबीडब्लु धरापमा पर्नुअघि यी दुईले ४० रनको साझेदारी गरे ।

नन्दन यादव, पारस खड्का र ज्ञानेन्द्र मल्ल

कप्तान ज्ञानेन्द्र मल्लले खेलपछि बोल्दै लामो समयपछि मैदानमा फर्कन पाउँदा खुसी लागेको बताए । ‘ लामो समयपछि मैदान फर्कन पाउँदा खुसी लागेको छ । विगत केहि महिना पारिवारिक कारणले क्रिकेटमा समय दिन सकेको थिईन । सुरुमा त खेलमा जम्न समय लाग्यो । त्यसपछि ब्याटिङ त राम्रो रहयो तर नतिजा भने आएन । सुरुवातबाट नै खेलमा पकड जमाउन नसक्दा नतिजा आफ्नो पक्षमा आएन’, उनले भने ।

ज्ञानेन्द्रले कप्तान पारससँगको साझेदारी लामो समय नटिक्नु खेलको टर्निङ पोइन्ट भएको बताए । ‘ पारस र ममाथि ब्याटिङको धेरै जिम्मेवारी रहेको थियो । हामीले कम्तिमा ४० ओभरसम्म बस्नुपर्ने थियो । पारसको खेल्ने शैलीमा हामीले बाउन्ड्रीको चिन्ता लिनुपर्ने थिएन । पारसको विकेट जानु धेरै घाटा भयो,’ उनले भने ।

ज्ञानेन्द्र मल्ल र पारस खड्का

पारस र ज्ञानेन्द्रले दुवै प्रदेश ३ बाट खेल्ने निर्णय प्रदेशको क्रिकेट बलियो बनाउने लक्ष्य राखेको बताए । ‘ हाम्रो लक्ष्य भनेको प्रदेशलाई कसरि बलियो बनाउनुपर्छ भन्ने हो । प्रदेशमा पनि प्रतिभा धेरै छन् । युवा खेलाडीहरु अहिले टोलीमा पनि छन् । हामीले राम्रो आधार बनाउँदै जाने हो भने राष्ट्रिय टोलीको लागि पनि भविष्यमा सहयोग पुग्ने छ । हाम्रो अहिलेको लक्ष्य भनेको हामीले सिकेको कुरा प्रदेशका आउने खेलाडीमा पुर्याउनु पर्छ भन्ने हो,’ ज्ञानेन्द्रले थपे ।

प्रदेश ३ ले प्रतियोगिताको दोस्रो खेलमा सोमबार प्रदेश ५ सँग मुलपानी रंगशालामा खेल्नेछ । पहिलो खेलमा ज्ञानेन्द्र र पारसको भरमा नै देखिएको प्रदेश ३ का अन्य खेलाडीले प्रादेशिक टोलीविरुद्ध भने नतिजामुखी प्रदर्शन गर्ने अपेक्षा राखिएको छ । उमेर समूहका प्रतियोगितामा आफूलाई सिद्ध गरेका यी खेलाडी सिनियर क्रिकेटमा बामे सर्दै गर्दा पारस र ज्ञानेन्द्रको साथ् र सहयोगले अहम भूमिका खेल्ने पक्का छ ।

एपीएफविरुद्ध शतक बनाएपछि ज्ञानेन्द्र मल्लसँग लिएको अन्तर्वार्ता

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.