7 years ago
May 25, 2019
एजेन्सी – तीव्र गतिका बलर टेन्ट्र बोल्टले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ ।

लन्डनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो पर्दशन गर्न सकेनन् । भारतलाई सम्मानजक योगफल सम्म पुर्याउन महत्वपूर्ण इनिङ खेलेका जडेजाले ५० बलमा ६ चौका र २ छक्का प्रहार प्रहार गरे ।
कुनै समय २८.४ ओभरमा ११५–८ को कमजोर अवस्थामा पुगेको भारतलाई नवौं विकेटका लागि कुलदिप यादव र रविन्द्र जडेजाले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै सस्तैमा समेटिनबाट बचाएका थिए । कुलदिप यादवले ३६ बलमा २ चौका सहित १९ रनमा आउट भए ।
खराब सुरुवात गरेको भारतले दोस्रो ओभरको दोस्रो बलमा ओपनर रोहित शर्मालाई २ रनमा गुमाएको थियो । रोहितलाई टेन्ट्र बोल्टले एलबीडब्लू आउट गरे । चौथो ओभरको पहिलोे बलमा बोल्टलेनै शिखर धवनलाई विकेटकीपर टम ब्लन्डेलबाट क्याच गराउँदै दुबै ओपनरलाई पेभिलिएन फर्काए । बोल्टलेनै छैटौं ओभरको तेस्रो बलमा केएल राहुललाई ६ रनमा बोल्ड आउट गरेपछि भारत दबाबमा परेको थियो ।
११ औं ओभरको तेस्रो बलमा कोलिन डी ग्रान्डहोमले विराट कोहलीलाई १८ रनमा बोल्ड आउट गरेपछि भारत ३९-४ को कमजोर अवस्थामा पुगेको थियो । हार्दिक पान्ड्याले ३७ बलमा ६ चौका सहित ३० रन बटुल्दै भारतको योगफल उकास्ने प्रयास गरेपनि २० ओभरको पहिलो बलमा जेम्स निशमले क्याच आउट गराएपछि भारतको विशाल योगफलको संभवना कमजोर बन्नेको थियो ।
महेन्द्र सिंह धोनी १७, दिनेश कार्तिक ४, भुवनेश्वर कुमार १ रनमा आउट भए । न्युजिल्यान्डका लागि टेन्ट्र बोल्टले ६.२ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिए । जेम्श निशमले ३, टिम साउदी,लोकी फर्ग्यूसन र कोलिन डी ग्रान्ड होमले समान १ विकेट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]