default_image

7 years ago

May 25, 2019

इंग्ल्यान्डविरुद्ध स्मिथको उत्कृष्ट शतक

122 views

0 Bookmark

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

साउथह्याम्पटनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याउन स्टिभ स्मिथले १ सय १६ रनको महत्वपूर्ण इनिङ खेले । अन्तिम ओभरको चौथो बलमा टम कुरनले क्याच आउट गर्नु अघि स्मिथले १ सय २ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर डेविड वार्नरले ५५ बलमा ५ चौका सहित ४३, आरोन फिन्च १४, शन मार्श ३०, मार्कश स्टोइनिस १३, उस्मान खवाजा ३१ र एलेक्स करीले ३० रनको योगदान दिए । इंग्ल्यान्डका तीव्र गतिका बलर लियाम प्लन्केटले ९ ओभरमा ६९ रन खर्चेर ४ विकेट लिए । मार्क उड,टक कुरन र लियाम डसनले समान १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.