default_image

7 years ago

May 25, 2019

भारतमाथि न्युजिल्यान्डको सहज जित

154 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डले भारतमाथि ६ विकेटको सहज जित निकालेको छ । १ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८७ बलमा ६ चौका र १ छक्का सहित ६७ रनको योगदान दिए । रोश टेलरले ७५ बलमा ८ चौका प्रहार गर्दै ७१ रनमा क्याच आउट भए । टेलरलाई ३७ ओभरको चौथो बलमा रविन्द्र जडेजाले विराट कोहलीबाट क्याच गराउँदै पेभिलिन फर्काए । विलियम्सन र टेलरले तेस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको सहज जित पक्का गरे । यी दुईको शतकीय साझेदारी ३० ओभरको पाँचौ बलमा चाहलले रोहित शर्माबाट विलियम्सनलाई क्याच गराउँदै तोडे ।

ओपनर मार्टिन गुप्टिल २२ र कोलिन मुनरो ४ रनमा आउट भए । हेनरी निकोल्स १५ रनमा अविजित रहे । भारतका लागि रविन्द्र जडेजा,जसप्रित बुमराह,युजवेन्द्र चाहाल र हार्दिक पान्ड्याको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९।२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो पर्दशन गर्न सकेनन् । भारतलाई सम्मानजक योगफल सम्म पुर्याउन महत्वपूर्ण इनिङ खेलेका जडेजाले ५० बलमा ६ चौका र २ छक्का प्रहार प्रहार गरे ।

कुनै समय २८.४ ओभरमा ११५–८ को कमजोर अवस्थामा पुगेको भारतलाई नवौं विकेटका लागि कुलदिप यादव र रविन्द्र जडेजाले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै सस्तैमा समेटिनबाट बचाएका थिए । कुलदिप यादवले ३६ बलमा २ चौका सहित १९ रनमा आउट भए ।

खराब सुरुवात गरेको भारतले दोस्रो ओभरको दोस्रो बलमा ओपनर रोहित शर्मालाई २ रनमा गुमाएको थियो । रोहितलाई टेन्ट्र बोल्टले एलबीडब्लू आउट गरे । चौथो ओभरको पहिलोे बलमा बोल्टलेनै शिखर धवनलाई विकेटकीपर टम ब्लन्डेलबाट क्याच गराउँदै दुबै ओपनरलाई पेभिलिएन फर्काए । बोल्टलेनै छैटौं ओभरको तेस्रो बलमा केएल राहुललाई ६ रनमा बोल्ड आउट गरेपछि भारत दबाबमा परेको थियो ।

११ औं ओभरको तेस्रो बलमा कोलिन डी ग्रान्डहोमले विराट कोहलीलाई १८ रनमा बोल्ड आउट गरेपछि भारत ३९(४ को कमजोर अवस्थामा पुगेको थियो । हार्दिक पान्ड्याले ३७ बलमा ६ चौका सहित ३० रन बटुल्दै भारतको योगफल उकास्ने प्रयास गरेपनि २० ओभरको पहिलो बलमा जेम्स निशमले क्याच आउट गराएपछि भारतको विशाल योगफलको संभवना कमजोर बन्नेको थियो ।

महेन्द्र सिंह धोनी १७, दिनेश कार्तिक ४, भुवनेश्वर कुमार १ रनमा आउट भए । न्युजिल्यान्डका लागि टेन्ट्र बोल्टले ६।२ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिए । जेम्श निशमले ३, टिम साउदी,लोकी फर्ग्यूसन र कोलिन डी ग्रान्ड होमले समान १ विकेट हात पारे ।

विश्वकपको प्रमुख दाबेदार मानिएको भारतलाई यो हारले धक्का दिएको छ । भारतले दोस्रो वार्मअप खेल मंगलबार बंगलादेशसँग खेल्ने छ । त्यस्तै न्युजिल्यान्डले मंगलबारनै वेस्ट इन्डिजसँग आफ्नो वार्मअप खेल खेल्ने छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.