default_image

7 years ago

May 25, 2019

स्मिथको शतकमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाको जित

163 views

0 Bookmark

एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथको शतकसँगै विश्वकप वार्मअप खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको छ । शनिवार राति सम्पन्न रोमान्चक खेलमा अस्ट्रेलिया१२ रनले विजयी भएको हो ।

इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रनम चाहिएको थियो । मार्कस स्टोइनिसले पहिलो बलमै लियाम प्लन्केटलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराउदै जित सहज बनाए । दोस्रो बलमा १ रन दिदा तेस्रो बलमा जोफ्रा आर्चर दुई रन लिने क्रममा रन आउट भएपछि अष्टे«लिया विजयी भएको हो ।

२ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.३ ओभरमा अल आउट हुँदै २ सय ८५ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि मध्यक्रमका जेम्स भिन्सले ७६ बलमा ५ चौका सहित सर्वाधिक ६४ रनको योगदान दिए । भिन्सलाई ३४ ओभरको पाँचौ बलमा जेसन बेहरनडर्फले नाथल लायनबाट क्याच आउट गराए ।

कार्यवाहक कप्तान जस बटलरले ३१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै आक्रमक ५२ रन बटुले । आक्रमक रुपमा प्रस्तुत भएका बटलरलाई २९ ओभरको अन्तिम बलमा नाथन कुल्टर नाईलले उस्मान खवाजाबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

ओपनर जोसन रोयले ३७ बलमा ४ चौका सहित ३२,जोनी बेयरस्ट्रो १२,बेन स्ट्रोक्स २०,टम कुुरन र मइन अली २२ रनमा आउट भए । क्रिस वोक्स ४० रनमा आउट भए । ४८ ओभरको दोस्रो बलमा रन आउट हुनुअघि उनले ४४ बलमा ३ चौका प्रहार गरे ।

अष्टे«लियाका लागि जेसन बेहरनडर्फ र केन रिचड्सनले समान २ विकेट लिए । त्यस्तै नाथन लायन,एडम जम्पा,मार्कस स्टोइनिस र नाथन कुल्टर नाईलले समान १ विकेट लिए ।

त्यस अघि साउथह्याम्पटनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनाएको थियो। अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याउन स्टिभ स्मिथले १ सय १६ रनको महत्वपूर्ण इनिङ खेले । अन्तिम ओभरको चौथो बलमा टम कुरनले क्याच आउट गर्नु अघि स्मिथले १ सय २ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर डेविड वार्नरले ५५ बलमा ५ चौका सहित ४३, आरोन फिन्च १४, शन मार्श ३०, मार्कश स्टोइनिस १३, उस्मान खवाजा ३१ र एलेक्स करीले ३० रनको योगदान दिए । इंग्ल्यान्डका तीव्र गतिका बलर लियाम प्लन्केटले ९ ओभरमा ६९ रन खर्चेर ४ विकेट लिए । मार्क उड,टक कुरन र लियाम डसनले समान १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.