default_image

5 years ago

May 26, 2019

कागजमा ओडीआई, मैदानमा म्याट

सुबास हुमागाईं, काठमाडौं नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको एक वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले यूएईविरुद्ध ओडीआई सिरिज पनि जित्यो । तर बिडम्बना भन्नुपर्छ विश्व क्रिकेटमा ठूला लक्ष्य राखेको नेपालको घरेलु क्रिकेट दयनीय छ । आइतबार प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्थाले नेपाली क्रिकेटको दुर्भाग्यपूर्ण अवस्थालाई छर्लङ्ग पारिदिएको छ । वर्षको एक पटक हुने […]

31 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको एक वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले यूएईविरुद्ध ओडीआई सिरिज पनि जित्यो । तर बिडम्बना भन्नुपर्छ विश्व क्रिकेटमा ठूला लक्ष्य राखेको नेपालको घरेलु क्रिकेट दयनीय छ । आइतबार प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्थाले नेपाली क्रिकेटको दुर्भाग्यपूर्ण अवस्थालाई छर्लङ्ग पारिदिएको छ ।

वर्षको एक पटक हुने राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पिचको स्थानमा म्याट राखेर प्रतियोगिता आयोजना हुने भएको छ । पिचमा म्याट मात्र नभएर मैदानको अवस्था पनि अयोग्य नै छ । ५५ यार्डको बाउन्ड्री अन्तर्राष्ट्रिय स्तरमा एकदिवसीय खेलको लागि उचित हुँदैन । त्यसमाथि मैदानको आउटफिल्डको अवस्था खेल गर्न योग्य पनि छैन ।

एक महिना अगाडी प्रतियोगिताको घोषणा कार्यक्रममा यसपटक पीएम कप जेठ १ गतेदेखि २५ गतेसम्म टीयू मैदानमा हुने भनिएको थियो । त्यसपछि मुलपानीलाई पनि प्रयोग गर्ने भन्दै जेठ १० गतेदेखि प्रतियोगिताको मिति सारियो । तर मैदानको पिच उचित रुपमा तयार नभएको भन्दै जेठ १२ गतेदेखिलाई मुलपानीमा खेल आयोजना हुने भयो ।

आइतबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश मुलपानी क्रिकेट मैदानमा खेल्ने तयारीमा छन् । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने भनिएको प्रतियोगिता निर्धारित समय काट्दा पनि सुरु हुन सकेको छैन । नेपाल पुलिस क्लबका प्रशिक्षक तथा राष्ट्रिय टोलीका पूर्व खेलाडी मनोज कटुवाल भने यो स्थितिले नेपाली क्रिकेट १५ वर्ष पछाडी धकेलिएको मान्छन् । ‘हामी ओडीआई मान्यता प्राप्त राष्ट्र हौं । तर आज जुन स्थिति सिर्जना भएको छ, त्यसले हामी १५ वर्ष पछाडी धकेलिएको अनुभूति भएको छ । हामी अगाडी बढ्नुपर्ने स्थितिबाट पछाडी हटिरहेका छौँ,’ उनले भने ।

कर्णाली प्रदेशका कप्तान तथा यू-१९ राष्ट्रिय टोलीका पूर्व खेलाडी रविन्द्रजंग शाहीले खेलाडीहरुको लागि यो दुर्भाग्यपूर्ण अवस्था रहेको बताए । ‘हामी राष्ट्रिय टोलीमा पर्ने लक्ष्य राख्ने खेलाडीका लागि यो दुर्भाग्य हो । पीएम कप जस्तो राष्ट्रिय प्रतियोगिता यस्तो अवस्थामा हुनु निकै नराम्रो हो । हामीले यस्तो अपेक्षा गरेका थिएनौं,’ पछिल्लो समय घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका शाहीले भने ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी लिएको नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवास प्रधान भने यस्तो अवस्थामा क्रिकेट गर्नु बाध्यता रहेको बताउँछन् । ‘ हामीले यो अवस्थामा खेल गर्नु बाध्यता हो । प्रतियोगिता मिति सरेपछि टीयू मैदानमा मात्र खेल गर्न सम्भव भएन । मौसमका कारण मुलपानी प्रयोग गर्नुपर्दा तयारी उचित हुन सकेन । पिच तयार भएपनि केहि ठाउँ अघिल्लो रातको हावाहुरीले बिग्रिएको कारण म्याट प्रयोग गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

प्रधानले सहभागी टोलीको कप्तानहरुसँग सोधेर प्रतियोगिता म्याटमा खेलेको भनेपनि कप्तानहरुले निर्णय नदिएको बताए । राष्ट्रिय टोलीका समेत कप्तान रहेका प्रदेश ३ का पारस खड्काले आफूहरुसँग सुझाव लिएपनि निर्णय नदिएको बताए । ‘हामीसँग म्याटमा खेल्नेबारे सोधिएको थियो । हामीले निर्णय दिएका थिएनौं,’ उनले थपे । यद्यपी लगातार मिति सारेपछि मैदान तयार गर्न नसक्दा म्याटमा खेल्नु भने बाध्यता रहेको उनले बताए । ‘हामीसँग उचित मैदान नहुँदा म्याटमा खेल्नुको विकल्प रहेन । लामो समयदेखि मुलपानी सरिरहँदा खेल हुन सकेको छैन । आयोजना गर्ने प्रयास गर्नु राम्रो हो तर त्यसै अनुसार तयारी पनि गर्नुपर्थ्यो,’ खड्काले भने ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.