7 years ago
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले ह्याट्रिक गरेपछि प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२ सय ५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । उसका लागि आर्मीको कसिलो बलिङ सामु प्रदेश १ का ८ ब्याट्सम्यान दोहोरो अंकमा रन छुन सकेनन् । ओपनर रबि रोयले ३९ बलमा १ चौका सहित १० रन जोडे । अंकित सुवेदी ६,मिनास थापा ७, कप्तान पुष्प थापा र सिद्धान्त लोहनीलले समान ४ रन जोडे ।
फिर्दोस अन्सारी ६,दिपेश कँडेल डक आउट भए । कुनै समय ७-४७ को कमजोर अवस्था पुगेको प्रदेश १ लाई आठौं विकेटका लागि मुकुन्द यादव र राजन मगरले ४४ रनको साझेदारी गर्दै हारको अन्तर घटाए । यी दुईबीचको साझेदारी २७ ओभरको तेस्रो बलमा सुसन भारीले मुकुन्द यादवलाई एलपी आउट गर्दै तोडेका थिए । लगत्तै चौथो बलमा भारीले श्रवण यादवलाई हरि बहादुर चौहानबाट क्याच आउट गराए । पाँचौ बलमा राजन मगरलाई बोल्ड आउट गर्दै भारीले ह्याट्रिक पुरा गरे । मगरले २६ र यादवले १८ रन बटुले ।
सुसन भारीले ५.५ ओभरमा २ मेडन सहित ५ रन खर्चेर ३ विकेट हात पारे । करन केसीले २,जितेन्द्र मुखिया,हरि बहादुर चौहान र साहव आलमले समान १ विकेट हात पारे ।
टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ४५.३ ओभरमा अल आउट हुँदै २ सय ४ रनमा समेटियो । मध्यक्रमका राजेश पुलामी मगरले सर्वाधिक ५६ रनको अर्ध शतकिय इनिङ खेल्दै आर्मीलाई मध्यम योगफल सम्म युर्याए । ४६ ओभरको तेस्रो बलमा फिर्दोस अन्सारीले क्याच आउट गराउनु अघि ९३ बलमा ४ चौका प्रहार गरे ।
ओपनर राजु रिजाललाई आर्मीले चौथो ओभरको पहिलो बलमै ६ रनमा गुमाएको थियो । १० औं ओभरको अन्तिम बलमा मुकुन्द यादवले बोल्ड आउट गर्नु अघि अर्का ओपनर विनोद भण्डारीले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रनको योगदान दिए । २२ ओभरको अन्तिम बलमा सिद्धान्त लोहनीले क्याच आउट गराउनु अघि हरि बहादुर चौहानले ५१ बलमा ४ चौका र १ छक्का प्रहर गर्दै ४१ रनको योगदान दिए । आर्मीको मध्यक्रमा निरन्तर विकेट गुम्न पुग्दा विशाल योगफल बनाउन चुकेको होे ।
भिम सार्की २,रोहित कुमार पौडेल ८,कुशल मल्ल १८ बलमा २ छक्का सहित १६ र करण केसी २६ रनमा आउट भए । करणलाई ४२ ओभरको पहिलो बलमा फिर्दोस अन्सारीले बोल्ड आउट गर्नु अघि ३० बलमा १ चौका र २ छक्का प्रहार गरे ।
जितेन्द्र मुखिया ८ र साहब आलम १ रनमा आउट भए । प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले समान २ विकेट लिए । पुष्प थापाको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]