7 years ago
May 26, 2019
काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

पुलिसले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली २७ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । कर्णालीका लागि ओपनर शुसान्त थापाले ३० बलमा ५ चौका सहित सर्वाधिक २९ रनको योगदान दिए । त्यस्तै महेश खत्री १७ र दिनेश अधिकारीले १६ रन जोड्न बाहेक कर्णालीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसको कसिलो बलिङ सामु कर्णालीका ३ ब्याट्सम्यान डक आउट हुँदा ५ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । कर्णालीलाई सस्तैमा रोेक्न आरिफ शेखले १० ओभरमा ६ मेडन सहित २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै ललित नारायण राजवंशीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिदा सागर ढकाल,पवन सरार्फ र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारे ।

त्यसअघि निर्माणधिन मुलपानी क्रिकेट मैदानमा म्याट हालेर खेलाईएको खेलमा ४१ ओभरमा अल आउट हुँदै पुलिसले १ सय ८५ रनमा समेटियोे । पुलिसका लागि विकेट किपर दिलिप नाथले सर्वाधिक ७२ रनको योगदान दिदै मध्यम योगफल सम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । ३८ ओभरको पहिलो बलमा रविन्द्र शाहीले टेक मगरबाट क्याच आउट गराउनु अघि नाथले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले ६२ रनको महत्वपूर्ण रन बटुले । भुर्तेलले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
कुनै समय ८.५ ओभरमा २२–५ को कमजोर अवस्थामा पुगेको पुलिसलाई छैटौं विकेटका लागि भुर्तेल र नाथले १ सय ३९ रनको शतकीय साझेदारी गर्दै सस्तैमा समेटिनबाट बचाएका थिए । पुलिसका ओपनर अनिल कुमार शाह शुन्य,पवन सरार्फ ३,अमित श्रेष्ठ ५,दिपेन्द्र सिंह ऐरी ९,आरिफ शेख २,ललित नारायण राजवंशी ८,सागर ढकाल १, कप्तान अमित श्रेष्ठ २ रनमा आउट हुँदा ललितसिंह भण्डारी ३ रनमा अविजित रहे ।
कर्णालीका सुदन पोखरेलले ७ ओभरमा २ मेडन सहित १६ रन खर्चेर ५ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । दिवान पुन २,दिनेश अधिकारी र कप्तान रविन्द्रजंग शाहीको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]