7 years ago
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थेम्स इन्टरनेसनल कलेजको आयोजनामा थेम्स प्रिमियर लिग क्रिकेट पुल्चोक क्रिकेट मैदानमा सोमबार सुरु हुने भएको छ ।

विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा जित्दै आएको थेम्सले प्रतियोगितालाई नयाँ स्वरूप दिई थेम्स प्रिमियर लिग गर्न लागिएको बताइएको छ ।
यस प्रिमियर लिगअन्तर्गत काठमाडौँका विभिन्न आठवटा कलेजहरू उपाधिका लागि भिड्दै छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिता गरेको प्रदर्शनका आधारमा उत्कृष्ट ११ जनाको सुपर टिम घोषणा गर्ने बताइएको छ । जेठ २० गते सम्म चल्ने प्रतियोगितामा उत्कृष्ट ब्याटस्म्यान, बलर र अलराउन्डरलाई पुरस्कृत गरिनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]