default_image

7 years ago

May 27, 2019

एपीएफविरुद्ध सुदुरपश्चिमको कमजोर ब्याटिङ

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत टियू मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ३७.१ ओभरमा अल आउट हुँदै १ सय २५ रन समेटियो। उसका लागि लोकेश बलमे सर्वाधिक ३० रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा अभिनास बोहोराले विकेटकीपर प्रदीप ऐरीबाट क्याच गराउनु अघि ५८ बलमा १ चौका प्रहार गरे । रनमा तालमेल गर्न नसक्दा सुदुरपश्चिमका ५ ब्याट्सम्यान रन आउट हुन पुगे ।

सुदुरपश्चिमका ओपनर विपिन रावल र खडक बोहोराले ९.३ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । रन आउट हुनु अघि बोहोराले २२ बलमा ४ चौका सहित १९ रनको योगदान दिए । ओपनर रावललाई १५ ओभरको पाँचौ बलमा भुवन कार्कीले बोल्ड आउट गर्नु अघि ५१ बलमा २ चौका प्रहार गर्दै २१ रनको योगदान दिए ।

सुदुरपश्चिमको मध्य क्रममा निरन्तर विकेट पतन जारि रह्यो । रोशन अधिकारीले १९ बलमा २ चौका सहित १६,आकश चन्द ५,विनोद लामा ७ र नरेन साउद ५ रनमा आउट भए । २६.२ ओभरमा कप्तान शेर मल्ल रन आउट भएपछि सुदुरपश्चिम सस्तैमा समेटिन पुगेको हो।
एपीएफका लागि अभिनाष बोहोराले ९ ओभरमा १ मेडन सहित २९ खर्चेर २ विकेट लिए । पृथु बास्कोटा,शरद भेषवाकर र भुवन कार्कीको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.