default_image

7 years ago

May 27, 2019

पारस सम्मिलित प्रदेश ३ को पहिलो जित

148 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पारस खड्का रहेको प्रदेश ३ ले तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा प्रदेश ३ एपीएफसँग ४१ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
उसका लागि ओपनर रित गौतमले सर्वाधिक ३७ रनकोे योगदान दिए । ११ ओभरको पाँचौ बलमा अनिल खरेलले सुवेन्द्र पाण्डेबाट क्याच गर्नु अघि २९ बलमा ७ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर रविन जोशीले ३५ रनको योगदान दिए । ओपनर रित र रविनले पहिलो विकेटका लागि १०.५ ओभरमा ७२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काए । १३ ओभरको पाँचौ बलमा खरेललेनै सिद्धान्त शाहीबाट क्याच गराउनु अघि जोशीले ४१ बलमा ५ चौका प्रहार गरे ।
१५ ओभरको चौथो बलमा सिद्धान्त शाहीले कप्तान पारस खड्कालाई १ रनमा क्याच गराउँदै पेभिलिएन फर्काएपछि प्रदेश तीन केहि दवाबमा परेको थियो । मध्यक्रमका ईशान पाण्डेले २१ रनको अविजित इनिङ खेल्दै सहज जित पक्का गरे । अभिषेक बस्नेत २ रनमा आउट हुँदा आदिल खानले १२ रन जोडे । प्रदेश ५ का अनिल खरेल र सिद्धान्त शाहीले समान २ विकेट हात पारे ।

त्यस अघि मुलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ५ ले ४२ ओभरमा १ सय २२ रन बनाउन अल आउट भएको थियो । प्रदेश ५ का लागि सवेन्दु पाण्डेले ३९ बलको सामना गर्दै ३ चौका सहित सर्वाधिक २० रनको योगदान दिए । सुरज दराई १८, सन्दीप सुनार १४ र सौरभ खनालले १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश ३ को कसिलो बलिङ सामु प्रदेश ५ का ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रदेश ३ का लागि कप्तान पारस खड्काले १० ओभरमा ३ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । सुर्य तामाङले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३, नन्दन यादव २,प्रतिस जिसीले १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.