7 years ago
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले हराएको थियो ।
१ सय २६ रनको लक्ष्य एपीएफले ३४.४ ओभरमा ७ विकेटको क्षतमा पुरा गर्यो । एपीएफको लागि कप्तान पृथु बास्टकोलाले सर्वाधिक ३२ रनको योगदान दिए । चौका हान्दै खेल जिताएका पृथुले ४७ बलमा ५ चौका प्रहार गरे । ओपनर शरद भेषवाकरले ३६ बलमा ३ चौका र १ छक्का सहित २६ रन बटुले । शरदलाई ९ औं ओभरको अन्तिम बलमा विनोद लामाले बसन्त सिंह कार्कीबाट क्याच आउट गराए ।
आशिफ शेख ३, प्रदीप ऐरी १०, शंकर राना १, सुमित महर्जन २० बलमा समान १ चौका र छक्का सहित १५ रनमा आउट भए । सन्दीप जोराले २६ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २२ भुवन कार्की २ रन जोडे । सुदूरपश्चिमका लागि विनोद लामाले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए पनि जितको लागि प्राप्त भएन । कप्तान शेर मल्ल २,नरेन साउद र विकाश अग्रली समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ३७.१ ओभरमा अल आउट हुँदै १ सय २५ रन समेटियो। उसका लागि लोकेश बलमे सर्वाधिक ३० रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा अभिनास बोहोराले विकेटकीपर प्रदीप ऐरीबाट क्याच गराउनु अघि ५८ बलमा १ चौका प्रहार गरे । रनमा तालमेल गर्न नसक्दा सुदुरपश्चिमका ५ ब्याट्सम्यान रन आउट हुन पुगे ।
सुदुरपश्चिमका ओपनर विपिन रावल र खडक बोहोराले ९.३ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । रन आउट हुनु अघि बोहोराले २२ बलमा ४ चौका सहित १९ रनको योगदान दिए । ओपनर रावललाई १५ ओभरको पाँचौ बलमा भुवन कार्कीले बोल्ड आउट गर्नु अघि ५१ बलमा २ चौका प्रहार गर्दै २१ रनको योगदान दिए ।
सुदुरपश्चिमको मध्य क्रममा निरन्तर विकेट पतन जारि रह्यो । रोशन अधिकारीले १९ बलमा २ चौका सहित १६,आकश चन्द ५,विनोद लामा ७ र नरेन साउद ५ रनमा आउट भए । २६.२ ओभरमा कप्तान शेर मल्ल रन आउट भएपछि सुदुरपश्चिम सस्तैमा समेटिन पुगेको हो । एपीएफका लागि अभिनाष बोहोराले ९ ओभरमा १ मेडन सहित २९ खर्चेर २ विकेट लिए । पृथु बास्कोटा, शरद भेषवाकर र भुवन कार्कीको नाममा समान १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]