7 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का र युवा स्पिनर सूर्य तामाङले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकीले प्रदेश ३ लाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।

मंगलबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०.१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । उसका लागि सुमन घिमिरेले ३२ बलमा ३ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए । त्यस्तै आकाश थापाले ४६ बलमा २ चौका सहित २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
एक समय ५०-६ को स्थितिमा रहेको गण्डकीलाई सुमन र आकाशको ५३ रनको साझेदारीले उकासेको थियो । प्रदेश ३ को कसिलो बलिङ सामु गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अनिल गुरुङ ७, विधान श्रेष्ठ २, मेख शेन ५, विशाल पौडेल डक र कप्तान गोविन्द प्रधान ३ रनमा आउट भए ।
प्रदेश ३ का कप्तान पारस खड्काले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै युवा स्पिनर सुर्य तामाङले ८.१ ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिएको हो । नन्दन यादवको नाममा २ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]