default_image

7 years ago

May 28, 2019

रोहित र राजुको अर्धशतकमा कर्णालीलाई विशाल लक्ष्य

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई २ सय ९१ रनको विशाल लक्ष्य दिएको छ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो । युवा खलाडी रोहित कुमार पौडेलले ५६ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा प्रकाश जोशीले रविन्द्रजंग शाहीबाट क्याच गराउनु अघि रोहितले ५१ बलमा ४ चौका प्रहार गरे ।

ओपनर राजु रिजाल र हरेकृष्ण झाले पहिलो विकेटका लागि २८.३ ओभरमा १ सय ३२ रनको उत्कृष्ट साझेदारी गर्दै सानदार सुरुवात दिलाए । ललित प्याकुरेलले राजुलाई एलबीडब्लू आउट गर्दै शतकीय साझेदारी तोडे । राजुले ७८ बलमा १० चौका सहित ६६ रन जोडे । ३१ ओभरको पाँचौ बलमा दिनेश अधिकारीले रन आउट गर्नु अघि झाले १ सय बलको सामना गर्दा ४ चौका सहित ५२ रन जोडे । हरि बहादुर चौहान ११, राजेश पुलामी मगर र कुशल मल्ल समान २ र कप्तान विनोद भण्डारी ५ रनमा आउट भएपछि आर्मी ३६ ओभरमा १६९–५ को अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि रोहित कुमार पौडेल र करण केसीले ८.४ ओभरभित्र ६७ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए । यी दुईबीचको साझेदारी ४५ ओभरको पाँचौ बलमा प्याकुरेलले रविन्द्रजंग शाहीबाट करणलाई २८ रनमा क्याच आउट गराउदै तोडे । करणले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । अन्तिम समयमा साहब आलमले २ चौका र १ छक्का प्रहार गर्दै १६ रनमा अविजित रहे ।

कर्णालीका लागि ललित प्याकुरेलले ९ ओभरमा ६३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कप्तान रविन्द्रजंग शाही २ र प्रकाश जैशी नाममा १ को विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.