default_image

7 years ago

May 28, 2019

प्रदेश ३ को लगातार दोस्रो जित

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का कप्तान रहेको प्रदेश ३ ले प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल रहेको छ ।

मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो ।

१ सय ९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि आदिल खान ५३ बलमा ५ चौका सहित ३८ रनमा नट आउट रहे । त्यस्तै चौका हान्दै खेल सकाएका ईशान पाण्डेले ४० बलमा ४ चौका सहित २६ रनमा अविजित रहे ।

सातौ ओभरको पहिलो बलमा किशोर महतोले ओपनर रित गौतमलाई २० रनमा बोल्ड आउट गरे । रितले २२ बलमा ४ चौका प्रहार गरे । त्यसै ओभरको पाँचौ बलमा महतोले आफैं क्याच लिदै अर्का ओपनर रविन जोशीलाई ११ रनमा पेभिलिएन फर्काए । विपिन खत्रीले अभिषेक बस्नेतलाई ८ औं ओभरको दोस्रो बलमा ५ रनमा बोल्ड आउट गरृपछि ४१(३ को अवस्थामा पुगेको प्रदेश ३ लाई इशान र आदिलले चौथो विकेटका लागि ७१ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । गण्डकीलाई लागि किशोर महतोले २ र विपिन खत्रीले १ विकेट हात पारे ।

त्यस अघि मंगलबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०।१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । उसका लागि सुमन घिमिरेले ३२ बलमा ३ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए । त्यस्तै आकाश थापाले ४६ बलमा २ चौका सहित २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

एक समय ५०(६ को स्थितिमा रहेको गण्डकीलाई सुमन र आकाशको ५३ रनको साझेदारीले उकासेको थियो । प्रदेश ३ को कसिलो बलिङ सामु गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अनिल गुरुङ ७, विधान श्रेष्ठ २, मेख शेन ५, विशाल पौडेल डक र कप्तान गोविन्द प्रधान ३ रनमा आउट भए ।

प्रदेश ३ का कप्तान पारस खड्काले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै युवा स्पिनर सुर्य तामाङले ८।१ ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिएको हो । नन्दन यादवको नाममा २ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.