default_image

7 years ago

May 28, 2019

विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने ५ खेलाडी

140 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप सुरु हुन दुई दिन बाँकी छ । इंग्ल्यान्डमा वेल्समा १४ जुलाई सम्म चल्ने विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअपमा व्यस्त छन् । भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई तुलानात्मक रुपमा यस पटक विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।

ब्याटिङ उपयोगि इंग्ल्यान्डको मैदानमा एक साता अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिजमा हरेक खेलमा ३ सय रन सहजै बनेको थियो । त्यस्तै यी ५ खेलाडी जसले उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउनुको साथै टोलीलाई विश्वकप जिताउन सक्छन् ।

५. फाफ डु प्लेसिस (दक्षिण अफ्रिका)

पहिलो पटक फाईनलमा पुग्ने दाउमा रहेका अफ्रिकालाई कप्तान फाफ डु प्लेसिसको प्रर्दशन निर्णायक हुन सक्छ । टोलीको आवश्यकता अनुसार ओपनर र मध्यक्रम दुबैमा ब्याटिङ गर्ने उनले आक्रमक शैलीमा खेल्न मन पराउँछन् । दवावमा रन जोड्न पनि त्यतिकै सिपालु डु प्लेसिसले एक महिना अघि आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।

शुक्रबार वार्मअप खेलमा उनले श्रीलंकाविरुद्ध आक्रमक ८८ रन जोडेका थिए । जुन प्रर्दशनले इंग्ल्यान्डको भुमिमा डु प्लेसिसले आफ्नो लयलाई निरन्तरता दिने संकेत दिएका छन् । १ सय ३४ वान डे मा कुल ५ हजार १ सय २० रन बटुलेका उनले ११ शतक र १९ अर्ध शतक प्रहार गरेका छन् । उत्कृष्ट लयमा रहेका डु प्लेसिसले ब्याटिङ उपयोगि इंग्ल्यान्डको मैदानमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।

४. मार्टिन गुप्टिल (न्युजिल्यान्ड)

न्युजिल्यान्डका विष्फोटक ओपनर मार्टिन गुप्टिल ठूला ठूला शट प्रहार गर्न माहिर छन् । जब गुप्टिल लयमा आउछन् भने उनलाई रोक्न मुस्किल पर्दछ । सन् २०१५ को विश्वकपमा ९ खेलमा कुल ५ सय ४७ रन जोड्दै गुप्टिल सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले वेस्ट इन्डिजविरुद्ध २ सय ३७ रनको अविजित इनिङ खेल्दै विश्व रेकर्ड नै कायम गरे ।

गुप्टिलले आफ्नो एक्लै प्रर्दशनमा टोलीको जित पक्का गर्न सक्ने क्षमता राख्दछन् । उनले १ सय ६९ वान डे मा कुल ६ हजार ४ सय ४० रन जोडेका छन् । जसमा १६ शतक र ३४ अर्धशतक सामेल छ । उत्कृष्ट लयमा रहेको गुप्टिल यस विश्वकपमा पनि सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।

३. जो रुट (इंग्ल्यान्ड)

इंग्ल्यान्डका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान जो रुटलाई सस्तैमा आउट गर्न मुस्किलै पर्छ । रुट कमै मात्रमा खराव शटमा विकेट गुमाउने गर्दछन् । डबल सिंगल रनमै बलरलाई दवावमा राख्न सिपालु रुटले कमजोर बललाई चौका र छक्का प्रहार गर्ने गर्दछन् । टेष्ट टोलीका कप्तान समेत रहका रुटले गत जुलाईमा घरेलु मैदानमा भारतसँगको ओडीआई सिरिज अन्तर्गत दोस्रो र तेस्रो खेलमा लगातार अविजित शतक प्रहार गरेका थिए ।

हालसम्म रुटले १ सय २४ वान डे खेलमा ५ हजार ३० रन बटुलेका रुटले १४ शतक र ३० अर्ध शतक प्रहार गरेका छन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रुटलाई घरेलु मैदानको बारे राम्रोसँग थाहा छ । घरेलु मैदान र दर्शकको फाईदा उठाउँदै रुट यस विश्वकपमा सर्वाधिक रन बनाउन सक्छन् ।

२. स्टिभ स्मिथ (अष्ट्रेलिया)

आधुनिक क्रिकेटमा सर्वाेत्कृष्ट मध्यका ब्याट्सम्यान स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परे एक वर्ष टोली बाहिर रहँदाको पिडा स्मिथले पछिल्लो समय उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो लय समातेका छन् । अझ भनौं त्यो कठिन समयलाई स्मिथ अष्टेलियालाई विश्वकप जिताउँदै बिर्साउने प्रयासमा हुनेछन् । प्रतिबन्धपछि आफ्नो लयलाई जोगाई राख्न स्मिथले १ वर्ष निरन्तर फ्रेन्चाइज लिगहरु खेले । वार्मअप खेलमा इंग्ल्यान्डविरुद्ध १ सय १६ रनको उत्कृष्ट शतक प्रहार गर्दै विश्वकपमा उत्कृष्ट प्रर्दशनको लागि तयार रहेको संकेत दिएका छन् ।

टोलीको आवश्यकता अनुसार खेल्ने स्मिथ जस्तो सुकै दबाबमा पनि रन जोड्न र ठूलो इनिङ खेल्न सक्नछन् । सन् २०१५ को विश्वकपमा सर्वाधिक रन बनाउने छैटौं खेलाडी बनेका उनले हालसम्म १ सय ८ वान डेमा ९४ इनिङमा ब्याटिङ गर्दै ८ शतक र १९ अर्ध शतक सहित कुल ३ हजार ४ सय ३१ रन जोडेका छन् । इंग्ल्यान्डको ब्याटिङ उपयोगी पिचमा स्मिथले उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।

१. विराट कोहली (भारत)

किङ कोहली अर्थात भारतीय टोलीका कप्तान विराट कोहली वर्तमान क्रिकेटका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन् । विराट टेष्ट र वान डे आईसीसी वरीयतामा शीर्षस्थानमा छन् । गत वर्ष सचिन तेन्दुलकरको रेकर्ड तोड्दै कोहली सर्वाधिक छिटो दश हजार रन पुरा गर्ने खेलाडी बने । कोहलीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै रन मेशिनको उपमा पाएका छन् ।

कोहलीले पछिल्लो दुई वर्ष यता निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । सन् २०१८ मा कोहलीले १४ खेलमा ६ शतक ३ अर्धशतक सहित १३३ं.५५ को औसतमा १२ सय २ रन बटुलेका थिए । पछिल्ला १५ खेलमा क्रमश: १४०, १५७, १०७, १६, ३३, ३, १०४, ४६, ४५, ४३, ६०, ४४, ११६, १२३, र २० रन बटुलेका छन् । कोहलीलाई रोक्न सबै बलरलाई मुश्किल पर्ने गर्दछ । कोहली कमै मात्रमा सस्तैमा आउट हुने गर्दछन् ।

उनले २ सय २७ वान डे मा ४१ शतक,४९ अर्धशतक सहित कुल १० हजार ८ सय ४३ रन जोडेका छन् । विश्वकप जित्ने दाउमा रहेको भारतलाई पनि कोहलीको प्रर्दशन निर्णायक हुने छ । उत्कृष्ट लयमा रहेका कोहलीले त्यहि प्रर्दशनलाई निरन्तरता दिए विश्वकपमा सर्वाधिक रन बनाउन सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.