7 years ago
May 28, 2019
एजेन्सी – केएल राहुल र विकेटकीपर महेन्द्र सिंह धोनीले उत्कृष्ट शतक प्रहार गरेपछि वार्मअप खेलमा भारतले बंगलादेशलाई ३ सय ६० रनको विशाल लक्ष्य दिएको छ ।

कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर महेन्द्रसिंह धोनीले १ सय १३ रनको उत्कृष्ट शतकीय योेगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा सकिब अल हसनले बोल्ड आउट गर्नु अघि धोनीले ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै केएल राहुलले १ सय ८ रनको महत्वपूर्ण योगदान दिए ।
४४ औं ओभरको दोस्रो बलमा सब्बिर रहमानले बोल्ड आउट गर्नु अघि राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गरे । एक समय २२ ओभरमा १०२-४ को कमजोर अवस्थामा पुगेको भारतलाई धोनी र राहुलले पाँचौ विकेटका लागि १ सय ६४ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याउन सफल भए ।

ओपनर शिखर धवनलाई भारतले १ रनमै गुमाएको थियो । धवनलाई मुस्ताफिजुर रहमानले एलवी डब्लू आउट गरे । १४ ओभरको तेस्रो बलमा रुवेल हसनले रोहित शर्मालाई १९ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । १९ ओभरको चौथो बलमा मोहम्मद सैफुद्दीनले कप्तान विराट कोहलीलाई ४७ रनमा बोल्ड आउट गरेपछि भारत दवावमा परेको थियो । कोहलीले ४६ बलमा ५ चौका प्रहर गरे । विजय शंकर २,हार्दिक पान्ड्या २१ रनमा आउट हुँदा दिनेश कार्तिक ७ र रविन्द्र जडेजा ११ रनमा अविजित रहे ।
बंगलादेशका लागि रुवेल हसन र सकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सब्बिर रहमानको नाममा समान १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]