7 years ago
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रदेश २ लाई ९४ रनको सामान्य लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३०.४ ओभरमा अल आउट हुुँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ३७ रनको योगदान दिए । ३० ओभरको तेस्रो बलमा कुमार थापाले क्याच आउट गराउनु अघि ५४ बलमा ४ चौका प्रहार गरे ।
सुरुवात देखीनै खराव प्रर्दशन गरेको कर्णालीले पहिलो विकेट दोस्रो ओभरको पाँचौ बलमा सुसान्त थापालाई ४ रनमा गुमाएको थियो । सुसान्तलाई दिवान्सु मलिकले एलवीडब्लू आउट गरे ।

नवौं ओभरको दोस्रो बलमा राशिद खानले निश्चिल रावललाई विकेटकीपर हासिम अन्सारीलाई ४ रनमा क्याच आउट गराए । १३ ओभरको पहिलो बलमा साम्सद शेखले दिनेश पुनलाई ७ रनमा बोल्ड आउट गरे । १८ ओभरको पाँचौ बलमा कप्तान रविन्द्र जंग शाहीलाई कुमार थापाले १४ रनमा बोल्ड आउट गरेपछि कर्णाली संकटमा परेको थियो । शाहीले २९ बलमा २ चौका प्रहार गरे । कर्णालीको निरन्तर विकेट पतन जारी रह्यो ।
महेश खत्री डक, ललित प्याकुरेल ५, दिनेश अधिकारी र दिवान पुन समान ४ रनमा आउट भए । प्रदेश २ का लागि कुमार थापाले ८ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । हरि शंकर शाह,साम्सद शेख र राशिद खानको नाममा समान २ विकेट रह्यो । दिवान्सु मलिक १ विकेट लिए ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]