default_image

7 years ago

May 29, 2019

अमितको शतकमा प्रदेश १ लाई मध्यम लक्ष्य

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी अमित श्रेष्ठले शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवले प्रदेश १ लाई १ सय ८६ रनकोे मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४३.१ ओभरमा अल आउट हुँदै १सय ८५ रनमा समेटियो । पुलिसका लागि अमित श्रेष्ठले १ सय ६ रनको शतकीय योगदान दिए । सिद्धान्त लोहनीले ४३ ओभरको चौथो बलमा विकेटकीपर राजन मगरबाट क्याच आउट गराउनु अघि उनले १ सय १८ बलमा १५ चौका र १ छक्का प्रहार गरे । अमित बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा पुलिस सस्तैमा समेटिएको हो ।

पुलिसका अन्य ओपनर पवन सरार्फ १०, अनिल कुमार शाह ४, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४ रनमा आउट भए । त्यस्तै कप्तान मञ्जित श्रेष्ठ र रा नरेश गिरीले समान ११ रन बटुले ।

पुलिसलाई सस्तैमा रोक्न प्रदेश १ का सिद्धान्त लोहनी, दिपेश कँडेल, पुष्प थापा, फिर्दोस अन्सारी र कमल खत्रीले समान २ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.