default_image

7 years ago

May 29, 2019

दिपेन्द्रको ५ विकेटसँगै पुलिसको लगातार दोस्रो जित

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दिपेन्द्र सिंह ऐरीको घातक बलिङ र अमित श्रेष्ठले शतक प्रहार गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको थियो । पुलिसले तेस्रो खेल अब आर्मीसँग जेठ १८ गते शनिबार टियू मैदानमा प्रतिस्पर्धा गर्ने छ । पुलिसले प्रस्तुत गरेको १ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा १ सय १० रन बनाउन सबै विकेट गुमायो । उसका लागि ओपनर सन्नी पुनले सर्वाधिक २७ रनको योगदान दिए । २४ ओभरको दोस्रो बलमा दिपेन्द्रले आफैं क्याच लिदै पेभिलिएन फर्काउनु अघि ५९ बलमा ४ चौका प्रहार गरे ।

प्रदेश १ ले पहिलो विकेटको रुपमा राजन मगरलाई २ रनमा गुमाएको थियो । २० ओभरको दोस्रो बलमा दिपेन्द्रले सिद्धान्त लोहनीलाई ४ रनमा क्याच आउट गराए । दिपेन्द्रले २६ ओभरको पाँचौ बलमा मिनाष थापालाई १९ रनमा बोल्ड आउट गरे । दिपेन्द्रले ३२ ओभरको अन्तिम बलमा दिपेश कडेललाई १५ रनमा बोल्ड आउट गरेपछि प्रदेश १ को जितको संभावना लगभग सकिएको थियो ।
प्रदेश १ का कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर रन जोड्न सकेनन् । कप्तान पुष्प थापा १०,अंकित सुवेदी ३,फ्रिदोस अन्सारी १२ र श्रवन यादव ५ रनमा आउट भए ।

पुलिसलाई सहज जित दिलाउन दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ३, सागर ढकाल र आरिफ शेखको नाममा समान १ विकेट रह्यो ।

अमित श्रेष्ठ

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४३.१ ओभरमा अल आउट हुँदै १ सय ८५ रनमा समेटिएको थियो । पुलिसका लागि अमित श्रेष्ठले १ सय ६ रनको शतकीय योगदान दिए । सिद्धान्त लोहनीले ४३ ओभरको चौथो बलमा विकेटकीपर राजन मगरबाट क्याच आउट गराउनु अघि उनले १ सय १८ बलमा १५ चौका र १ छक्का प्रहार गरे । अमित बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा पुलिस सस्तैमा समेटिएको हो ।

पुलिसका अन्य ओपनर पवन सरार्फ १०, अनिल कुमार शाह ४, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४ रनमा आउट भए । त्यस्तै कप्तान मञ्जित श्रेष्ठ र रा नरेश गिरीले समान ११ रन बटुले ।

पुलिसलाई सस्तैमा रोक्न प्रदेश १ का सिद्धान्त लोहनी, दिपेश कँडेल, पुष्प थापा, फिर्दोस अन्सारी र कमल खत्रीले समान २ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.