default_image

7 years ago

May 29, 2019

धुर्मुसले भावुक हुँदै भने-‘ राजनीतिक आडमा बार भत्काइयो’

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा धुर्मुस(सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला तारबार स्थानिय समूहले बुधबार बिहान डोजर लगाएर भत्काइदिएका छन् ।

बाटोको माग गर्दै बुधबार बिहान करिब ६ बजेतिर झन्डै २ सय जना स्थानियको समुहले डोजर लगाएर बार भत्काएको धुर्मुस(सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । बार मंगलबारमात्रै लगाइएको थियो । बार भत्काएकोमा कट्टेल निकै भावुक रुपमा प्रस्तुत भए ।

‘केहि राजनीतिक शक्तिको आडमा नियोजित रुपमा जुन बार भत्काइएको छ । यो सबै भन्दा दुःखद घटना हो । सायद जीवनमा यो भन्दा कारुणिक घटना मैले देखेको थिएन । स्थानियकै सहमतिमा तारबार लगाएका थियौं । बाटो दिने सहमति पनि भएको हो,’ कट्टेलले हाम्रो खेलकुदलाई भने, ‘हामीलाई सहयोग गर्ने विदेशमा रहेका नेपाली पसिना माथिमा डोजर लगाईयो । पटक पटक स्थानियलाई राखेर कुरा गर्दै डिपिआर आएपछि बाटो दिने सहमति भएको थियो ।’

कट्टेलले खेलाडीका लागि रंगशाला निर्माण गर्न लागेको दोहोराउँदै भने, ‘हाम्रो लागि गर्न लागेका होइनौं । सम्बन्धित निकायले काम नगर्दा खेलाडी हाम्रै देशका सन्तती हुन् । ती खेलाडीको खुसीको लागि गर्न लागेका हौं । यहि ठाउँका स्थानियहरुको खुसी जोडिएको थियो । ‘

बाटोको कारण देखाउदै बार भत्काउन आवश्यक नरहेको कट्टेल बताउँछन् । उनले यसअघि पनि कमिनसको माग लगायत विभिन्न खाले दबाब र धम्की आउने गरेको सुनाए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.