default_image

7 years ago

May 30, 2019

बार भत्काउने कँडेल पार्टीबाट निलम्बित !

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पश्चिमतर्फको बार भत्काउन नेतृत्व गर्ने प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ ।

प्रकाश कँडेल

नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले पार्टी सदस्य कँडेललाई निलम्बन गरेको बताएका छन् । ‘पार्टीले गर्ने कारवाही भनेको निलम्बन नै हो,’ अध्यक्ष परियारले हाम्रो खेलकुदसँग भने,‘अरु कारवाही गर्ने प्रशासनले गर्ने हो ।’ कँडेललाई चितवन प्रशासनले मंगलबार रातीनै प्रकाउ गरि अनुसन्धान थालेको जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १५ स्थित रामपुर शान्तिचोकमा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम सुरु गरको थियो ।

कँडेलको नेतृत्वमा झन्डै २ सय जना स्थानियको समुहले बुधबार बिहान परियोजनाको पश्चिमतर्फ बाटो चौडा पार्नुपर्ने माग गर्दै डोजर लगाएर बार भत्काएका थिए ।

बार मंगलबारमात्रै लगाइएको थियो । स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि फाउन्डेसनले तत्कालका लागि रंगशालाको निमार्णको काम स्थगित गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.