default_image

7 years ago

May 30, 2019

स्टोक्स चम्कँदा इंग्ल्यान्डको विजयी सुरुवात

132 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो । दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ६८ रनको योगदान दिए । २३ औं ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा जो रुटले क्याच लिएपछि पेभिलिएन फर्किनु अघि उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रस्सी भान डर डुसेनलाई जोफ्रा आर्चरले ५० रनमा क्याच आउट गराए ।

३२ औं ओभरको पाँचौ बलमा आर्चरले मोइन अलीबाट क्याच गराउनु अघि डुसेनले ६१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा एडेन मार्करामलाई ८ औं ओभरको चौथो बलमा ११ रनमा गुमाएको थियो । उनलाई आर्चरले जो रुटबाट क्याच गराए । आर्चरलेनै १० औं ओभरको तेस्रो बलमा कप्तान फाफ डु प्लेसिसाई मोइन अलीबाट ५ रनमा आउट गरेपछि अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

२६ ओभरको पाँचौ बलमा मोइन अलीले जेपी ड्युमिनीलाई ८ रनमा बेन स्टोक्सबाट क्याच गराउदै पेभिलिएन फर्काए । लगतै तीन बलपछि ड्वेन प्रिटोरिसय १ रनमा रन आउट हुन पुगे । ३५ ओभरको पहिलो बलमा आदिल राशिदले एन्डिले फेलुक्वायोलाई बेन स्टोक्सबाट एक हाते उत्कृष्ट क्याच गराउँदै २४ रनमा पेभिलिएन फर्काएपछि अफ्रिकाको जित सम्भावना लगभग सकिएको थियो । लुन्गी निडी ६, कागिसो रबाडा ११ र हसिम अमलाले १३ रनमा आउट भए ।

इंग्ल्यान्डलाई सहज जित दिलाउन तीब्र गतिका युवा खेलाडी जोफ्रा आर्चरले ७ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै लियाम प्लन्केट र बेन स्टोक्सको नाममा समान २ विकेट रह्यो । मोइन अली र आदिल राशीदले पनि समान १ विकेट लिए ।

त्यसअघि ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान दिए । ४९ औं ओभरको अन्तिम बलमा लुन्गी एन्गीडीले हासिम अमलाबाट क्याच गराएपछि शतक बनाउन चुकेका उनले ७९ बलको सामना गर्दै ९ चौका प्रहार गरे ।

इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो । ओपनर जोसन रोयले ५३ बलमा ८ चौका सहित ५४ रन जोडे । रोयलाई १९ ओभरको चौथो बलमा एन्डिले फेलुक्वायोले कप्तान फाप डु प्लेसिसबाट क्याच गराउँदै पेभिलिएन फर्काए । लगतै २० ओभरको पहिलो बलमा कागिसो रबाडाले जेपी ड्यूमिनीबाट क्याच गराउँदै जो रुटलाई ५१ रनमा आउट गरे । रुटले ५९ बलमा ५ चौका प्रहार गरे ।

रुट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रुट र रोय आउट भएपछि दवावमा परेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले पनि १ सय ६ रनको साझेदारी गर्दै दक्षिण अफ्रिका बलरलाई दबावमा राखे । यी दुईबीचको साझेदारी तोड्ने क्रममा ३७ ओभरको पाँचौ बलमा इमरान ताहिरको बलमा ठूलो शट खेल्ने धुनमा मोर्गनलाई एडेन मार्करामले ५७ रनमा क्याच आउट गराए ।

मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ४२ ओभरको दोस्रो बलमा लुन्गी निडीले जस बटलरलाई १८ रनमा बोल्ड आउट गरे । ४४ ओभरको अन्तिम बलमा निडीलेनै मोईन अलीलाई फाफ डु प्लेसिसबाट बाउन्ड्रीलाईन नजिकै उत्कृष्ट क्याच गराउँदै ३ रनमा पेभिलिएन फकाए । ४८ ओभरको तेस्रो बलमा क्रिस वोक्स ठूलो शट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए । लियाम प्लन्केट ९ र जोफ्रा आर्चर ७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र इमरान ताहिरको नाममा समान २ विकेट रह्यो । त्यस्तै एन्डिले फेलुक्वायोले १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.