default_image

7 years ago

June 1, 2019

कुमारको ७ विकेटसँगै प्रदेश २ को फराकिलो जित

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर कुमार थापाले अविश्वसनिय बलिङ गर्दै एक्लै ७ विकेट लिएपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा प्रदेश २ ले फराकिलो जित हात पारेको छ ।

प्रदेश २ ले शनिवार मुलपानी क्रिकेट मैदानमा प्रदेश १ लाई १ सय ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो हारसँगै सिद्धान्त लोहनी सम्मिलित प्रदेश १ समुह चरणबाटै बाहिरिएको छ । यद्ययी अघिल्लो खेलमा खुट्टामा चोटका कारण सिद्धान्त आजको खेलमा टोलीमा थिएनन् ।

२ सय ६६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ओभरमा २८.५ ओभरमा १ सय ४ रनमा अल आउट भयो । उसका लागि सन्नी पुनले २९ र मिनास थापाले ३६ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

दोस्रो ओभरको दोस्रो बलमा राजन मगरलाई ब्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मिनास र सन्नीले ६२ रनको साझेदारी गर्दै प्रदेश १ को इनिङ केहि उकासेका थिए । १४ ओभरको दोस्रो बलमा कुमार थापाले साम्सद शेखबाट क्याच गराउँदै साभेदारी तोडेपछि प्रदेश १ को विकेट पतन निरन्तर गुम्न पुग्यो । मिनासले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १६ ओभरको चौथो बलमा कुमारलेनै एलवी डब्लू आउट गर्नु अघि उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

मुकुन्द यादव डक, दिपेश कडेल ३, अकिंत सुबेदी २, कप्तान पुष्प थापा ९, फिर्दोस अन्सरी ३, श्रवन यादव ५ रनमा आउट भए । यी ६ ब्याट्सम्यान नै कुमारको सिकार बन्न पुगे । सरोज बस्नेत ६ रनमा अविजित रहे । प्रदेश २ का कुमार थापाले ८ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ७ विकेट लिए । दिवान्सु मलिकको नाममा २ विकेट रह्यो ।

त्यस अघि तल्लोक्रमका युवा अलराउन्डर राशिद खानको आक्रमण ब्याटिङ र सुरज पटेलको उत्कृष्ट अर्धशतकमा प्रदेश २ ले प्रदेश १ विरुद्ध बलियो योगफल प्रस्तुत गरेको थियो । प्रदेश २ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल तयार पारेको थियो ।

ओपनर हसीम अन्सारीले २० र हरिशंकर साहले ३१ रन जोड्दै प्रदेश २ लाइ बलियो सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङमा आएका रवी शाह र विशाल सुस्लिङले पनि २०-२० रनको योगदान दिए । ३२ औं ओभरमा १३१-४ को स्थितिमा रहेका प्रदेश २ लाई सुरज पटेलले उकासेका थिए । कप्तान महबुब आलम १९ र विवेक यादव ४ रनमा आउट भएपछि राशिद क्रिजमा आएका थिए ।

राशिद र सुरजले सातौं विकेटका लागि ९ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । राशिदले ३१ बलमा ४७ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरे । सुरजले नटआउट ७८ रन जोडे । उनले ७० बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

प्रदेश १ का लागि पुष्प थापाले ३, सरोज बस्नेतले २ तथा कमल खत्री, फिर्दोस अन्सारी र मुकुन्द यादवले १-१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.