7 years ago
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लवलाई ५० रनले पराजित गरेको छ ।

शनिवार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको खेलमा आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पारेको हो ।
१ सय ६२ रनको लक्ष्य पछ्याएको आर्मी ४२.३ ओभरमा अल आउट हुँदै १ सय ११ रनमा समेटियो । आर्मीका लागि युवा खेलाडी हरि बहादुर चौहानले सर्वाधिक ३४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ३७ ओभरको पाँचौ बलमा पवन सरार्फले कुशल भुर्तेलबाट क्याच गराउनु अघि उनले ९७ बलमा २ चौका प्रहार गरे ।
पहिलो ओभरको चौथो बलमा कप्तान विनोद भण्डारीलाई आरिफले बोल्ड आउट गर्दै शुन्यमा पेभिलिएन फर्काए । ८ औं ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरीले राजु रिजाललाई १६ रनमा एलवी डब्लू आउट गरे । नवौं ओभरको तेस्रो बलमा आरिफले भिम सार्कीलाई १ रनमा क्याच आउट गराएपछि आर्मी दवावमा परेको थियो । राजेश पुलामी मगर ६,रोहित कुमार पौडेल १६,कुशल मल्ल र करण केसी समान १ रनमा आउट भएपछि आर्मी जित टाढिएको थियो । जितेन्द्र मुखिया ७ बलमा समान १ चौका र छक्का सहित १२ रनमा रन आउट भए । साहव आलम ९ र सुसन भारीले १० रन बटुले ।

पुलिसका लागि ललित नारायण राजवंशीले ८.३ ओभरमा २ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको नाममा समान २ विकेट रह्यो । सागर ढकाल र पवन सरार्फले पनि १-१ विकेट लिए ।
त्यस अघि पुलिस ४९ औं ओभरमा अलआउट हुनुअघि १ सय ६१ रन मात्र जोड्न सकेको थियो । पहिलो ब्याटिङको निम्तो पाएको पुलिसले प्रतियोगितामा खराब सुरुवातको सिलसिलालाई निरन्तरता दिँदै २४ रनको स्थितिमा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो । सुनिल धमला ५, अमित श्रेष्ठ ४ र अनिलकुमार शाह १३ रनमा आउट भए । दिलिप नाथ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको साझेदारी गरे । दिलिप १४ रनमा हुँदा साहब आलमको बलमा लामो सट प्रहार गर्ने धुनमा स्टम्पिङ आउट भए । लगत्तै दीपेन्द्र पनि २९ रन जोड्दै साहबको बलमा बोल्ड भए ।

पवन सर्राफ ७ र कुशल भुर्तेल ५ रनमा आउट हुँदा पुलिस ९४-७ को स्थितिमा पुगेको थियो । कप्तान मन्जित श्रेष्ठ र आरिफ शेखले आठौं विकेटका लागि ६० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम पुर्याए । आरिफले ५४ बलमा २ चौकासहित ३४ रन जोड्दै क्याच आउट भए । मन्जित श्रेष्ठ ६२ बलमा ३ चौका र १ छक्कासहित ३६ रनमा नटआउट रहे ।
आर्मीका लागि साहबले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । कारण केसीले २ विकेट लिँदा जितेन्द्र मुखिया, सुशन भारि र कुशल मल्लले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]