default_image

7 years ago

June 1, 2019

न्युजिल्यान्ड १० विकेटले विजयी !

156 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित रहदै सानदार जित पक्का गरे ।

आक्रमक ब्याटिङ गरेका गुप्टिलले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । मुनरोले ४७ बलको सामना गर्दा ६ चौका र १ छक्का प्रहार गरे । श्रीलंकाका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे । एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्को तर्फबाट दवावमा रन जोडेका कप्तान दिमुथलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । उनले ८४ बलमा ४ चौका प्रहार गरे ।

एक समय १५.२ ओभरमा ६०–६ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि थिसेरा परेरा र करुणारत्नले ५२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मिचेल सान्टनरको २४ ओभरको चौथो बलमा छक्का प्रहार गर्ने धुनमा परेरा टेन्ट बोल्टबाट २७ रनमा क्याच आउट भए । उनले २३ बलमा २ छक्का प्रहर गरे ।

श्रीलंकाले ओपनर लाहिरु तिरिमनेलाई सुरुवाती दोस्रो बलमै ४ रनमा गुमाएको थियो । उनलाई म्याट हेनरीले एलवी डब्लू आउट गरे । नवौं ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा कुशल परेरा कोलिन डी ग्राण्डहोमबाट २९ रनमा क्याच आउट हुन पुगे । क्याच आउट हुनुअघि २४ बलमा ४ चौका प्रहार गरे । लगत्तै अर्को बलमा म्याट हेनरीले कुशल मेन्डिसलाई सिलीपमा मार्टिन गुप्टिलबाट उत्कृष्ट क्याच गराउदै शून्यमा पेभिलिएन फर्काए ।

१२ औं ओभरको पाँचौ बलमा ल्योकी फग्र्युसनले धनन्जय डी शिल्भालाई ४ रनमा एलपी डब्लू आउट गरे । एन्जिलो मेथ्युज शुन्य र जीवन मेन्डिस १ रनमा आउट भए । तल्लोक्रमका इसरु उडाना डक,सुरुङ्गा लकमल ७ र लाथिस मलिङ्गा १ रन बटुले ।

न्युजिल्यान्डका म्याट हेनरी र ल्योकी फग्र्युसनले समान ३ विकेट लिए । जेम्श निशम,मिचेल सान्टानर,कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.