7 years ago
June 1, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल औपचारिक रुपमा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच पटवाललाई मुख्य प्रशिक्षकको रुपमा औपचारिक रुपमा नियुक्त गरेको हो ।

उनले यसअघि पनि नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरेका थिए । सम्झौता राखेप सदस्यसचिब केशवकुमार बिष्ट र प्रशिक्षक पटवालबीच आदान प्रदान गरे । उनको मासिक तलव ७ हजार अमेरिकी डल रहेको छ । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्नेछ । उनी जुन १० देखि टोलीको मुख्य प्रशिक्षक बन्नेछन् ।
यो सम्झौता अर्काे वर्षको १० जुनसम्म हुनेछ । घरेलु भूमिमा आगमी मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । यसअघि नेपाली टिम जगत टमाटाले हेर्दै आएका थिए । प्रशिक्षक पटवालले सुरुवातमा साग खेल्ने नेपालको यू–२३ टिम हेर्नेछन् । यसअघि पटवाललाई शुक्रबार नेपालको प्रशिक्षकको रुपमा घोषणा गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]