default_image

7 years ago

June 2, 2019

वार्नरको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियाको शानदार जित

148 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

२ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका म्याक्सवेलले पहिलो बलमै मुजिव उर रहमानलाई चौका हान्दै खेल सकाए ।

अष्टे«लियालाई सहज जित दिलाउन ओपनर डेविड वार्नरले १ सय १४ बलमा ८ चौका सहित ८९ रनमा अविजित रहे । गत वर्ष बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धपछि आधिकारीक पहिलो अन्तर्राष्ट्रिय खेलमै वार्नरले उत्कृष्ट प्रर्दशन गरेका हुन् ।

१७ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले बोल्ड आउट गनु अघि कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको योगदान दिए । वार्नर र फिन्चले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

२५ ओभरको अन्तिम बलमा उस्मान खवाजालाई राशिद खानले १५ रनमा एलवी डब्लू आउट गरे । स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए । अफगानिस्तानका लागि मुजिव उर रहमानले २ र राशिद खानले १ विकेट हात पारे ।

त्यसअघि ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का सहित आक्रमक २७ रन जोडेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।

त्यस्तै नजीवुल्लाह जादरानले ४९ बलमा २ छक्का र ७ चौका सहित ५१ रनको महत्वपूर्ण योगदान दिए । नजीवुल्लाहलाई मार्कस स्टोइनिसले ३४ ओभरको पाँचौ बलमा विकेट कीपर एलेक्स केरिबाट क्याच आउट गराए । मुजिब उर रहमानले १३ रन जोडे ।

पहिलो ओभरको तेस्रो बलमै मिचेल स्टार्कले ओपनर मोहम्मद शहजादलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको दोस्रो बलमा प्याट कमिन्सले अर्का ओपनर हज्रतुल्लाह जजाईलाई विकेटकीपर एलेक्स केरीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए ।

१४ ओभरको पाँचौ बलमा एलेक्स केरीले हशमतुल्लाह शाहिदीलाई १८ रनमा स्टमपिङ आउट गरे । रामत शाहलाई एडम्म जम्पाले २० औं ओभरको दोस्रो बलमा स्टिभ स्मिथबाट ४३ रनमा क्याच गराउट गराएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

शाहले ६० बलमा ६ चौका प्रहार गरे । एक ओभरपछि मोहम्मद नाबी ७ रनमा रन आउट भएपछि अफगानिस्तान ७७(५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि कप्तान गुलवदीन नाइब र नजीवुल्लाह जादरानले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । यी दुईबीचको साझेदारी मार्कस स्टोनिसले ३४ ओभरको पहिलो बलमा कप्तान नाइबलाई केरीबाट क्याच गराउँदै तोडेका थिए । नाइबले ३३ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे ।

अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३ विकेट लिए । मार्कस स्टोइनिस २ र मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.