default_image

7 years ago

June 2, 2019

प्रदेश २ लाई पुलिसको बलियो चुनौती

129 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलुकद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले प्रदेश २ लाई २ सय ५४ रनको लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ५३ रन बनायो । पुलिसका लागि युवा खेलाडी अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । ३८ ओभरको दोस्रो बलमा साम्सद शेखले राशिद खानबाट क्याच गराउनु अघि उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर सुनिल धमला र अनिल कुमार शाहले पहिलो विकेटका लागि १९.३ ओभरमा ८७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी साम्सद शेखले अनिललाई ३७ रनमा क्याच आउट गर्दै तोडे । अनिलले ५० बलमा २ चौका प्रहार गरे । २३ ओभरको तेस्रो बलमा कुमार थापाले बोल्ड आउट गर्नु अघि धमलाले ७७ बलमा ३ चौका सहित ४३ रनको योगदान दिएका थिए ।

दिपेन्द्र सिंह ऐरी १८,पवन सरार्फ १३ र दिलिप नाथ डक आउट भए । सागर ढकाल २,कप्तान मञ्जित श्रेष्ठ र ललित नारायण राजवंशी समान १ रन जोडे ।

तल्लोक्रममा आरिफ शेखले ४५ बलमा ३ चौका सहित ३२ रन जोडे । त्यस्तै कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेपछि पुलिसले बलियो योगफल तयार पारेको हो ।

प्रदेश २ का लागि साम्सद शेखले १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । राशिद खानले २,कुमार थापा,दिवान्सु मलिक र कप्तान महबुुब आलमको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.