7 years ago
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समुह चरणको अन्तिम खेलमा गण्डकीले सुदूपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी २०.४ ओभरमा ८९ रनमा अल आउट भयो ।
उसका लागि राहुल शर्माले ४९ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । किशोर महतोले १३ बलमा २ चौका र १ छक्का सहित १४ र आकश थापाले १२ रन बटुले । गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि विनोद लामाले ६ ओभरमा २ मेडन सहति २५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लको नाममा समान २ विकेट रह्यो । नरेन्द्र साउदले १ विकेट लिए ।
दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेको अवस्थामा आजको खेल प्रतिस्ठाको लडाई मात्र हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]