default_image

7 years ago

June 4, 2019

गण्डकीमाथि सुदूरपश्चिमको रोमान्चक जित

124 views

0 Bookmark

काठमाडौं(हाम्रोखेलकुद) – सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पर्दै तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्त्य गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीलाई सुदूपश्चिमले ४ विकेटले पराजित गरेको हो । सामान्य ९० रनको लक्ष्य सुदुरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्याे ।

एक समय १७ ओभरमा ३३–६ को कमजोर अवस्थामा पुगेको सुदूरपश्चिमलाई साँतौ विकेटका रुपमा आकश चन्द र नरेन्द्र साउदले ६० रनको अविजित साभेदारी गर्दै जित पक्का गरे । सुदूरपश्चिमको जितमा नायक बनेका आकशले ३४ बलमा समान २ चौका र छक्का सहित २९ रनमा अविजित रहे ।

दिपेश श्रेष्ठलाई चौका प्रहार गर्दै जित पक्का गरेका नरेन्द्रले ४३ बलमा २ चौका सहित २३ रनमा नट आउट रहे । ओपनर खड्क बोहोरा डक,लोकेश बम १५,कप्तान शेर मल्ल ४,रोशन अधिकारी डक,नरेश बोहोरा १ र विपिन रावल ७ रनमा आउट भए ।

गण्डकीका लागि किशोर महतोले ३,विपिन खत्री २ र दिपेश श्रेष्ठले १ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । त्यस अघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी २०.४ ओभरमा ८९ रनमा अल आउट भयो ।

उसका लागि राहुल शर्माले ४९ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । किशोर महतोले १३ बलमा २ चौका र १ छक्का सहित १४ र आकश थापाले १२ रन बटुले ।

गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि विनोद लामाले ६ ओभरमा २ मेडन सहति २५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लको नाममा समान २ विकेट रह्यो । नरेन्द्र साउदले १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.