7 years ago
June 4, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ ।

तीव्र गतिका बलर डेल स्टेन यस विश्वकपबाट बाहिरिएका छन् । यसअघि नै घाइते रहेका स्टेन पुन घाईते भएपछि विश्वकपबाट बाहिरिएका हुन् । उनको स्थानमा क्रिकेट साउथ अफ्रिकाले तीब्र गतिका बलर बेयूरन हेन्डिक्सलाई टोलीमा मौका दिएको जनाएको छ । उनले हालसम्म २ वान डे मात्र खेल्दै १ विकेट लिएका छन् ।
वान डे क्रिकेटमा गत जनवरीमा उनले पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए । दक्षिण अफिकाका सर्वाधिक सफल तीब्र गतिका बलर स्टेन प्रतियोगिताबाट बाहिरिनु दक्षिण अफ्रिकाको लागि घातक सावित बन्न सक्छ । अफ्रिकाले तेस्रो खेल भोली भारतसँग खेल्ने छ । अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ रनले पराजित हुँदा दोस्रो खेलमा बंगालदेशसँग २१ रनले स्तब्ध भएको थियो । तेस्रो खेलमा उसलाई जित्नै पर्ने दवाव पनि छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]