default_image

7 years ago

June 5, 2019

सुखद सुरुवात गर्ने दाउमा भारत

133 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार भारतले दक्षिण अफ्रिकासँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी साउथह्याम्पटनमा सुरु हुने छ ।

भारत पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ । यता पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ र बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका पनि पहिलो जितको खोजिमा छ । हेड टु हेडमा अफ्रिका भारत भन्दा धेरै अघि छ । हालसम्म वान डे खेलमा भारत र अफ्रिकाबीच ८३ खेल भएको छ । जसमा अफ्रिकाले ४६ जित निकाल्दा ३४ खेलमा पराजित भएको छ । ३ खेलको नतिजा विहीन छ । तर पछिल्लो समय कागजी रुपमा अफ्रिका भन्दा भारत बलियो मानिन्छ ।

भारत तेस्रो पटक उपाधि जित्ने धुनमा छ । यस अघि सन् १९८३ मा कपिल देव र २०११ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले उपाधि जितेको थियो । सन् २००३ को फाईनलमा अष्ट्रेलियासँग पराजित भएको थियो। अफ्रिकाले भने हालसम्म फाईनल सम्मको यात्रा तय गर्न सकेको छैन ।

चोटबाट जुधिरहेको अफ्रिकालाई बलियो भारतविरुद्ध पहिलो जित निकाल्न ठूलो चुुनौती हुने छ । उसका लुन्गी निडी चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् । डेल स्टेनले प्रतियोगितानै गुमाएका छन् । इंग्ल्यान्डसँगको जोफ्रा आर्चरको बाउन्सर बलले लागेर घाईते भएका ओपनर हासिम अमला फिट भएको बुझिएको छ ।

उत्कृष्ट लयमा रहेका तीब्र गतिका युवा बलर कागिसो रबाडा, अनुभवी स्पिनर इमरान ताहिर, कप्तान फाफ डु प्लेसिस, ओपनर क्विन्टन डी कक, एडेन मार्कराम र रस्सी भान डर दुसेनको उत्कृष्ट प्रर्दशनमा दक्षिण अफ्रिकाले सबैलाई आश्चर्य पार्दै भारतमाथि जित निकाल्न सक्छ ।

यता उपाधिको प्रमुख दाबेदार भारतका लागि चौथो नम्बर ब्याटिङ कसले गर्छ त्यो सबै भन्दा ठूलो चिन्ताको विषय बनेको छ । विजय शंकर खराब लयमा हुनुका साथै चोट ग्रस्थ छन् । अलराउण्डर केदार जाधव अझपूर्ण रुपमा फिट नभएको कारण आजको खेलमा टोलीमा पर्न कठिन छ ।

अलराउन्डर हार्दिक पान्ड्या, अनुभवी विकेटकीपर महेन्द्रसिंह धोनी, कप्तान विराट कोहनी, तीव्र गतिका बलर जसप्रित बुमराह र ओपनर रोहित शर्माको उत्कृष्ट प्रर्दशनमा भारतले सहज जित हात पार्न सक्छ । भारतका यी खेलाडीनै प्रमुख हतियार हुन् । विश्कपमा विराट कोहलीको प्रर्दशन भारतको लागि निकै महत्वपूर्ण हुने छ । कोहलीको उत्कृष्ट प्रर्दशन विना भारतको विश्वकप जित्ने सपना पुरा हुन कठिन देखिन्छ ।

स्पिनर कुलदीप यादव खराब लयले भारतलाई थप चिन्ता थपेको छ । घरेलु मैदानमा अष्ट्रेलियासँग ३–२ ले पाँच वान डे श्र्रृखला गुमाएको भारत त्यसमा रहेको कमजोरी सुधार गर्दै अघि बढ्न चाहान्छ । भारत वार्मअप खेलमा न्युजिल्यान्डसँग पनि पराजित भएको थियो ।

विश्वकप खेल्ने अफ्रिका पूर्ण टोली :
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक(विकेटकीपर), जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, बेयूरन हेन्डिक्स, रस्सि भान डर दुसेन ।

भारतको विश्वकप खेल्नेपूर्ण टोली :
विराट कोहली (कप्तान), के एल राहुल, केदार जाधव, कुलदिप यादव, हार्दिक पान्ड्या, रोहित शर्मा(उप कप्तान), विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार, रविन्द्र जडेजा, शिखर धवन, महेन्द्र सिंह धोनी(विकेटकीपर), युजभेन्द्र चाहल, जसप्रित बुमराह, मोहम्मद शामी ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.