7 years ago
June 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार भारतविरुद्ध दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने भएको छ ।

साउथह्याम्पटनमा भएको टसमा दक्षिण अफ्रिकाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । भारतले जवाफी फिल्डिङ केहि समयमा गर्ने छ । आजको खेलमा हसिम अमला टोलीमा फर्किएका छन् । भारतले केएल राहुललाई टोलीमा मौका दिँदा विजय शंकरलाई बेन्चमा राखेको छ ।
भारतको प्लेइङ ११ : रोहित शर्मा,,शिखर धवन,विराट कोहली(कप्तान), केएल राहुल, महेन्द्र सिंह धोनी, केदार जाधव, हार्दिक पान्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह
दक्षिण अफ्रिकाको प्लेइङ ११ : क्विन्टन डी कक,हसिम अमला,फाफ डु प्लेसिस,रस्सि भान डर दुसेन,डेविड मिलर,जेपी ड्यूमिनी,एन्डिले फ्वुकपुवलो,क्रिस मोरिस,कागिसो रबाडा,इमरान ताहिर,तरजाव शम्सी,
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]