default_image

7 years ago

June 5, 2019

पारस सम्मिलित प्रदेश ३ लाई हराउँदै आर्मी फाईनलमा

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लव काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आर्मीले बुधबार सेमिफाईनल खेलमा पारस खड्का कप्तान रहेको प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । उपाधिको लागि आर्मीले विहीबार हुने दोस्रो सेमिफाईनलमा एपीएफ र पुलिसको विजेतासँग जेठ २५ मा प्रतिस्पर्धा गर्ने छ ।

३ सय १० रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९२ रन मात्र बनाउन सक्यो ।

उसका लागि युवा ब्याट्सम्यान ईशान पाण्डेले सर्वाधिक ७९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ४८ ओभरको चौथो बलमा करण केसीले कुशल मल्लबाट क्याच आउट गराउनु अघि इशानले १ सय १७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । नन्दन यादव ६६ बलमा १ छक्का सहित १८ रनमा अविजित रहे ।

प्रदेश ३ ले ओपनर रित गौतमलाई ५ रनमा रनमा पहिलो विकेटका रुपमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा रविन जोशी तेस्रो ओभरको चौथो बलमा ८ रनमा क्याच आउट भए । जोशीलाई करण केसीले साहब आलमबाट क्याच आउट गराए । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का १९ रनमा आउट भएपछि विशाल लक्ष्य पछ्याएको प्रदेश ३ संकटमा परेको थियो ।

पारसलाई ११ ओभरको पाँचौ बलमा साहब आलमले हरि बहादुर चौहानबाट क्याच आउट गराउनु अघि १६ बलमा ३ चौका प्रहार गरे । २० औं ओभरको पहिलो बलमा सुसन भारीले कुशल मल्लबाट क्याच गराउँदै ज्ञानेन्द्र मल्ललाई २६ रनमा पेभिलिएन फर्काएपछि प्रदेश ३ को जित कठिन बनेको थियो । मल्लले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । आदिल खान १५,जितेन्द्र सिंह ठकुरी डक,सोनु तामाङ २ र सोनु देवकोटा शुन्यमा आउट भएपछि प्रदेश ३ को जितको संभावना सकिएको थियो ।

आर्मीका लागि साहव आलमले सर्वाधिक ३ विकेट लिए । करण केसीले २,सुशन भारी,रोहित कुमार पौडेल र कुशल मल्लले समान १ विकेट हात पारे ।

त्यस अघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै मात्र ४२ बलमा समान ५ चौका र छक्का सहित ७५ रनमा अविजित रहेपछि आर्मी विशाल योगफलमा पुगेको हो ।

४८ औं ओभरमा सुर्य तामाङलाई विनोद भण्डारीले पहिलो बलमा छक्का र चौका तथा कुशल मल्लले चौथो र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै २७ रन बटुलेपछि आर्मी बलियो योगफल नजिक पुगेको थियो । कुशल मल्ले १७ बलमा १ चौका र २ छक्का सहित २६ रनमा अविजित रहे । कुशल र विनोदले अन्तिम ५।५ ओभरमा विश्फोटक ब्याटिङ गर्दै ६३ रनको साझेदारी गरेपछि बिशाल योगफल तयार भएको हो ।

आर्मीले सुस्त सुरुवात गरेको थियो । १२ ओभरको पहिलो बलमा ओपनर हरिकृष्ण झालाई ब्यक्तिगत १२ रनमा गुमाउँदा आर्मीले २३ रन मात्र जोडेको थियो । दोस्रो विकेटका लागि हरि वहादुर चौहान र ओपनर राजु रिजालले ७३ रनको साझेदारी गर्दै आर्मीको इनिङ उकासे । यी दुईबीचको साझेदारी २३ ओभरको दोस्रो बलमा कप्तान पारस खड्काले चौहानलाई ३८ रनमा एलवी डब्लू आउट गर्दै तोडे । चौहानले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २८ ओभरको दोस्रो बलमा ओपनर रिजाललाई नन्दन यादवले ५१ रनमा बोल्ड आउट गरे । राजुले ८६ बलको सामना गर्दा ४ चौका र २ छक्का प्रहार गरेका थिए । राजेश पुलामी मगरले ३९ बलमा २ चौका प्रहार गर्दै २९ रनको योगदान दिए ।

मध्यम क्रममा रोहित कुमार पौडेलले ३५ बलमा ४ चौका र १ छक्का सहित ४३ रन जोडेपछि आर्मी विशाल योगफल तर्फ लम्केको थियो । रोहितलाई ३६ ओभरको तेस्रो बलमा सोनु देवकोटाले विकेटकीपर रविन जोशीबाट क्याच गराउँदै पेभिलिएन फर्काका थिए ।

रोहित आउट भएसँगै मैदान छिरेका कप्तान विनोद भण्डारीले तल्लोक्रममा विश्फोटक ब्याटिङ गरेपछि आर्मीले प्रदेश ३ विरुद्ध बलियो योगफल तयार पारेको हो ।तल्लोक्रममा करण केसीले १४ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडे । प्रदेश ३ का लागि जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २ विकेट लिए । कप्तान पारस खड्का र सोनु देवकोटाको नाममा समान १ विकेट रह्यो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.