default_image

7 years ago

June 5, 2019

सकिबको अर्धशतकमा न्युजिल्यान्डलाई मध्यम लक्ष्य

140 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो खेलमा बंगलादेशले न्युजिल्यान्डलाई २ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।

सकिब अल हसन

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.२ ओभरमा अल आउट हुँदै २ सय ४४ रनमा समेटियो । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिए । ३१ ओभरको दोस्रो बलमा कोलिन डी ग्राण्डहोमले विकेटकीपर टम लेथमबाट क्याच गराउनु अघि सकिबले ६८ बलमा ७ चौका प्रहार गरे ।

बंगलादेशले पहिलो विकेटका रुपमा नवौं ओभरको तेस्रो बलमा सौम्य सरकारलाई २५ रनमा गुमाएको थियो । उनलाई म्याट हेनरीले बोल्ड आउट गरे । अर्का ओपनर तामिम इकवालले ३८ बलमा ३ चौका सहित २४ रनमा क्याच आउट भए । भरपर्दा ब्याट्सम्यान तथा विकेटकीपर मुश्फिकुर रहिमले ३५ बलमा २ चौका सहित १९ रन जोडे ।

३८ ओभरको पहिलो बलमा मोहम्मद मिथुनलाई हेनरीलेनै क्याच आउट गराउँदै २६ रनमा पेभिलिएन फर्काए । महमदुल्ला २०, मोसाद्देक हसन ११, मेहदी हसन मिराज ७ रनमा आउट भए । तल्लोक्रममा मोहम्मद सैफुद्दीनले २३ बलमा ३ चौका १ छक्का सहित २९ रनमा बोल्ड आउट भए ।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ९.२ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । टेन्ट्र बोल्टले २, कोलिन डी ग्राण्डहोम,म िचेल सान्टनर र ल्योकी फग्र्युसनले समान १-१ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.