default_image

7 years ago

June 5, 2019

रोहित शतकसँगै भारतको सानदार विजयी सुरुवात

130 views

0 Bookmark

एजेन्सी – ओपनर रोहित शर्माको अविजित शतकसँगै भारतले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओभरमा ४७.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । सहज जित दिलाउन रोहितले आफ्नो एक दिवसिय करियरको २३ औं तथा विश्वकपको दोस्रो शतक पुरा गरे ।

रोहितले ४१ ओभरको चौथो बलमा १ रन बटुल्दै १ सय २८ बलमा शतक पुरा गरेका थिए । रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहे । चौका हान्दै खेल जिताएका हार्दिक पान्ड्याले ७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे । 

भारतले पहिलो विकेटका रुपमा ओपनर शिखर धवनलाई ८ रनमा गुमाएको थियो । छैटौं ओभरको पहिलो बलमा कागिसो रबाडाले क्विन्टन डी कबाट क्याच गराउँदै धवनलाई सस्तैमा पेभिलिएन फर्काएका थिए । १६ ओभरको तेस्रो बलमा विकेट कीपर क्विन्टन डी ककले एक हातले उत्कृष्ट क्याच लिदै कप्तान विराट कोहलीलाई १८ रनमा पेभिलिएन फर्काउँदै भारतलाई दवावमा राख्न खोजेका थिए । तेस्रो विकेटका लागि रोहित र लोकेश(केएल) राहुलले ८५ रनको साझेदारी गर्दै भारतको सहज जित पक्का गरे । 

३२ ओभरको तेस्रो बलमा रबाडाले फाफ डु प्लेसिसबाट क्याच आउट गर्दै साझेदारी तोड्नु अघि राहुलले ४२ बलमा २ चौका सहित ३० रनको योगदान दिए । ४७ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा महेन्द्र सिंह धोनी क्रिस मोरिसबाट ३४ रनमा क्याच आउट भए । धोनीले ४६ बलमा २ चौका प्रहार गरे ।  दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २,क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस मोरिस र कागिसो रबाडाले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए ।

अन्तिम ओभरको दोस्रो बलमा विराट कोहलीबाट क्याच आउट हुनु अघि मोरिसले ३४ बलमा १ चौका र २ छक्का सहित महत्वपूर्ण ४२ रनको योगदान दिए । रबाडा ३५ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे । डेविड मिलरले ३१ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा कुलदीप यादवले क्याच आउट गर्नुअघि मिलरले ४० बलमा १ चौका प्रहार गरे ।

चौथो ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच गराउँदै ओपनर हासिम अमलालाई ६ रनमा पेभिलिएन फर्काए । बुमराहलेनै अर्का ओपनर क्विन्टन डी ककलाई १० रनमा क्याच आउट गराए ।

२० ओभरको पहिलो बलमा युजभेन्द्र चाहालले रस्सि भान डर दुसेनलाई २२ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा चाहललेनै कप्तान फाफ डु प्लेसिसलाई ३८ रनमा बोल्ड आउट गरेपछि अफ्रिका संकटमा परेको थियो । उनले ५४ बलमा ४ चौका प्रहार गरे ।

जेपी ड्युमिनी ३ रनमा आउट भएपछि अफ्रिकाको ठूलो योगफलको संभावना टाढिन पुगेको थियो ।
४० ओभरको तेस्रो बलमा एन्डिले फेहलुकवलोलाई चाहलले महेन्द्रसिंह धोनीबाट ३४ रनमा स्टम्पिङ आउट गर्दै आफ्नो दबदबाह कायम राखे । उनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

अफ्रिकालाई सस्तैमा रोक्न युजभेन्द्र चाहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । जसप्रित बुमराह र भुवनेश्वकर कुमारले समान २ विकेट लिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.